Breaking News

नबिल ढुक्क मुद्दती खाता योजनामा यसरी पाइन्छ दोब्बरदेखि दश गुणासम्म पैसा

Aug Tue 2022 03:14:08

324 views

नबिल ढुक्क मुद्दती खाता योजनामा यसरी पाइन्छ दोब्बरदेखि दश गुणासम्म पैसा

बिल बैंकले निक्षेपको दश गुणासम्म रकम प्राप्त गर्न सकिने मुद्दती खाता योजना सार्वजनिक गरेको छ । आकर्षक ब्याजदर सहित ‘नबिल ढुक्क मुद्दती खाता’ सञ्चालनमा ल्याएको हो । 

उक्त मुद्दती खातमा जम्मा गरेको रकम तोकिएको समय पछि दोब्बरदेखि दश गुणासम्म प्राप्त गर्न सकिने योजना बैंकले सार्वजनिक गरेको छ ।  

यो मुद्दती योजना नेपालमा आर्जित तथा विप्रेषण मार्फत् नेपाल प्राप्त रकममा खोल्न सकिनेछ । नेपालमा आर्जित रकममा खोलिने ढुक्क मुद्दती खातामा ६ वर्ष ३ महिना २३ दिनमा २ गुणा, १४ वर्ष ७ महिना २८ दिनमा ५ गुणा तथा २० वर्ष ११ महिना २० दिनमा १० गुणा रकम प्राप्त गर्न सकिनेछ । 

त्यसैगरी विप्रेषण अन्तरगत खोलिने ढुक्क मुद्दती खातामा ५ वर्ष ९ महिना १५ दिनमा २ गुणा, १३ वर्ष ५ महिना ११ दिनमा ५ गुणा तथा १९ वर्ष २ महिना २५ दिनमा १० गुणा रकम प्राप्त गर्न सकिनेछ । यस खाता अन्तर्गत ग्राहकले रु ३००,००० सम्मको क्रेडिट कार्ड सुबिधा पनि पाउन सक्नेछन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?