Breaking News

भदौ तेस्रो साताबाट दसैंका लागि नयाँ नोट वितरण : प्रति व्यक्तिले १८ हजार पाँच सय रुपैयाँ पाउने

Aug Mon 2022 02:04:48

1053 views

भदौ तेस्रो साताबाट दसैंका लागि नयाँ नोट वितरण : प्रति व्यक्तिले १८ हजार पाँच सय रुपैयाँ पाउने

दसैंका लागि नयाँ नोट भदौ तेस्रो सातापछि मात्र साट्न पाइने भएको छ। नेपाल राष्ट्र बैंकका अनुसार भदौ २१ गते पछि मात्रै यस बर्ष नयाँ नोट साट्न पाउने सुविधा मिलाउन लागिएको जनाएको छ। यस वर्ष दसैं चाडैं परेकाले भदौमा नै नयाँ नोट सटही गर्न पाइने सुविधा मिलाइने राष्ट्र बैंकले तयारी गरेको जनाएको छ।

राष्ट्र बैंकले गत वर्ष प्रति व्यक्ति १८ हजार पाँच सय रुपैयाँका दरले नयाँ नोट वितरण गरेको थियो । यो वर्ष दसैंको लागि सहज रुपमा नयाँ नोट सटहीको व्यवस्था मिलाइने मुद्रा व्यवस्थापन विभागले जनाएको छ। साथै यस वर्ष सहज रुपमा नयाँ नोट वितरण हुने जनाएको छ ।

गत वर्ष राष्ट्र बैंकले प्रतिव्यक्ति साढे १८ हजारको दरले कुल ३५ अर्ब रुपैयाँ नयाँ नोट वितरण गर्ने योजना बनाएको थियो । गत वर्ष साढे १८ हजार प्रति व्याक्तिका दरले नयाँ नोट वितरण गर्ने योजना थियो ।

गत वर्ष काठमाडौं उपत्यकाभित्र इजाजत प्राप्त वाणिज्य बैंकका तोकिएका शाखा कार्यालयमार्फत नयाँ नोट सटहीको सुविधा प्रदान गरिएको थियो । काठमाडौं उपत्यका बाहिर भने राष्ट्र बैंकको प्रदेशस्थित कार्यालय वा वाणिज्य बैंकले तोकेको आफू नजिकको शाखा कार्यालयमा गई नोट सटहीको सुविधा लिन सकिने व्यवस्था गरेको थियो । यो वर्ष पनि गत वर्षको जस्तै नयाँ नोट सटही सुविधाको व्यवस्था मिलाइने मुद्रा व्यवस्थापन विभागले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?