नेपाल राष्ट्र बैंकले विभिन्न पदमा कर्मचारीको माग गरेको छ । राष्ट्र बैंकले विभिन्न सहायक निर्देशक प्राविधिक र प्रशासनतर्फ तथा सहायक पदका लागि एकैपटक ४३ जना कर्मचारीको माग गरेको हो ।
रोजगारीका लागि इच्छुक नेपाली नागरिकले भदौ १७ गते शुक्रबारदेखि असोज ६ गते बिहीबारसम्म आवेदन दिन सक्नेछन् । आवेदन अनलाइन मार्फत दिन सकिने समेत व्यवस्था गरिएको छ ।