Breaking News

ब्याजदर घट्ने निश्‍चित हुँदा पनि किन बढ्न सकेन सेयर बजार

Jan Sat 2023 01:31:35

640 views

ब्याजदर घट्ने निश्‍चित हुँदा पनि किन बढ्न सकेन सेयर बजार

नयाँ सरकार आएपछि उत्साह थपिएको सेयर बजारको  दिनयता कारोबार  निरन्तर घटिरहेको छ। माघबाट ब्याजदर घट्ने निश्चित हुँदाहुँदै पनि बिहीबार सेयर बजार घट्ने क्रमले निरन्तरता पाएको हो।

बैंकर्स संघका अनुसार माघमा ब्याजदर घट्ने भएको छ। अहिले वाणिज्य बैंकहरुको सामान्य मुद्दतीको ब्याजदर १२.१३ छ। संघका अनुसार माघदेखि १.१३ प्रतिशत ब्याजदर घट्ने भएको हो। तसर्थ अब निक्षेपको ब्याजदर ११ प्रतिशत हुने छ।

तत्कालै निक्षेपका लागि ब्याजदर घटेपनि कर्जाका लागि ब्याजदर घट्दैन। यसैबीच बैंकरहरुले बेस रेट बढ्ने प्रक्षेपण गरिरहेका छन्। साथै पुस मसान्त नजिकिएकाले आयकर भुक्तानी गर्नुपर्ने दबाबका कारण आज सेलिङ प्रेसर बढ्न गएको जानकारहरु बताएका छन्। तर ५ अर्ब माथिको सेयर कारोबार भएकाले लगानीकर्ताको मनोबल बजार बढ्छ भन्ने नै रहेको उनीहरुको विश्लेषण छ।

यस्तै, बजार २२०० भन्दा माथि नजाने लगानीकर्ताको मनोविज्ञानले आज बिक्री चाप बढेको ब्रोकरहरुको भनाइ छ। एक ब्रोकरले भने, ‘१८०० को बजार २२०० सम्म आउँदा नाफा बुक गर्ने बिक्रेता बढेका देखिन्छ। क्लोजिङको पनि असर होला। तर, यो लङ टर्मको लागि घटेको होइन।’

नेप्से परिसूचक ४१.०२ अंकले घटेर २१४९.४१ विन्दुमा आइपुगेको छ। यस्तै सेन्सेटिभ पनि ७.८९ घटेको हो।

आज करिब साढे ५ अर्ब रुपैयाँबराबरको सेयर किनबेच भएको छ। कारोबारका आधारमा शिवम् सिमेन्ट र रिडी पावर अग्रस्थानमा छन्। आज शिवम् सिमेन्टको २२ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ भने रिडी पावरको १७ करोड माथिको सेयर किनबेच भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?