नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा ५३ लाख कित्ता भन्दा बढि बोनस शेयर सूचीकृत भएको छ । सोमबार नेप्सेले किसान लघुवित्त वित्तीय संस्था र सिभिल बैंकको ५३ लाख २३ हजार ५३७ दशमलव ७ लाख कित्ता शेयर सूचीकृत गराएको हो ।
नेप्सेका अनुसार किसान लघुवित्त वित्तीय संस्थाको २० प्रतिशत बोनस शेयरपछिको ७ लाख ८५ हजार ६१७ दशमलव ७५ लाख कित्ता शेयर सूचीकृत भएको छ । त्यस्तै, नेप्सेले सिभिल बैंकको ४५ लाख ३७ हजार ९२१ दशमलव ९५ कित्ता बोनस शेयर सूचीकृत गराएको हो ।
सूचीकृत भएसँगै उक्त शेयर दोस्रो बजारमा कारोबारमा आउनेछ ।