Breaking News

हिमालयनले सिभिल बैंकलाई प्राप्ति गर्न पायो अन्तिम स्वीकृति, फागुन १ गतेदेखि सुरु गर्ने

Jan Mon 2023 03:41:54

265 views

हिमालयनले सिभिल बैंकलाई प्राप्ति गर्न  पायो अन्तिम स्वीकृति, फागुन १ गतेदेखि सुरु गर्ने

हिमालयन र सिभिल बैंकलाई मर्जरमा जान नेपाल राष्ट्र बैंकले अन्तिम स्वीकृति दिएको छ । हिमालयनले सिभिल बैंकलाई प्राप्ति (एक्विजिसन) गर्न राष्ट्र बैंकबाट अन्तिम स्वीकृति पाएको हो ।

 राष्ट्र बैंक सञ्चालक समितिको बैठकले यी दुवै बैंकको मर्जर प्रक्रियालाई अन्तिम स्वीकृति दिने निर्णय गरेको थियो । राष्ट्र बैंकका अनुसार माइन्युट भईसकेको र सम्वन्धित बैंकहरुले पत्र बुझ्ने तयारीमा रहेको बताइएको छ । सम्झौतामा हिमालयन बैंकका तर्फबाट अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठ र सिभिल बैंकका तर्फबाट अध्यक्ष प्रतापजंग पाण्डेले हस्ताक्षर गरेका छन् ।

यी दुवै बैंकबीच १ः८०.२८ स्वाप रेसियोमा मर्जरमा जाने समहति भएको छ । यो भनेको सिभिल बैंकको १०० कित्ता सेयर हुने सेयरधनीले हिमालयन बैंकको ८० कित्ता पाउने छन् ।

एकीकृत कारोबार भने आगामी फागुन १ गतेदेखि सुरु गर्ने योजना बनाएको बैंकले जनाएको छ ।मर्जरपछि बैंकको नाम हिमालयन नै रहने र सञ्चालक समितिमा पनि अहिलेको हिमालयन बैंकको नै रहनेछ । सीईओमा हिमालयन बैंकको अशोक राणा रहनेछन् भने वरिष्ठ डेपुटी सीईओ सिभिल बैंकको सुनिल कुमार पोखरले रहने सहमति भएको जनाएको छ । 

सिभिल बैंकलाई प्राप्ति गरे पश्चात नयाँ बन्ने बैंकको चुक्ता पुँजी २१ अर्ब ६५ करोड रुपैयाँ पुग्नेछ । शाखा सञ्जाल १ सय ८९ पुग्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?