Breaking News

‘एनआईसी एशिया मर्चेन्ट मिट २०२३’ सम्पन्न

Feb Wed 2023 03:38:39

237 views

‘एनआईसी एशिया मर्चेन्ट मिट २०२३’ सम्पन्न

 एनआईसी एशिया बैंकले ‘एनआईसी एशिया मर्चेन्ट मिट २०२३’ कार्यक्रम सम्पन्न गरेको छ । ‘डिजिटल फस्ट बैंक’ बन्ने दीर्घकालीन लक्ष्यसहित डिजिटल बैंकिङ्गको प्रवर्द्धन गरिरहेको एनआईसी एशिया बैंक लिमिटेडले ‘सेलिब्रेटिङ डिजिटल पार्टनरसिप’ भन्ने मूल भावका साथ १३ माघमा ‘एनआईसी एशिया मर्चेन्ट मिट २०२३’ सम्पन्न हो गरेको हो ।

बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत जयन्द्र रावलको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा काठमाडौँ उपत्यकामा सञ्चालनमा रहेका बैंकका १५० भन्दा धेरै व्यावसायिक साझेदारहरूको उत्साहजनक सहभागिता थियो ।

‘डिजिटल नेपाल फ्रेमवर्क’ र विश्व बजारमा भइरहेका सूचना प्रविधिको विकासलाई आत्मसात गर्दै ‘डिजिटल फस्ट बैंक’ बन्ने उक्त बैंकको दीर्घकालीन लक्ष्यमा मर्चेन्टहरुले साथको सम्मानमा उक्त कार्यक्रम आयोजना गरेको बैंकले जनाएको छ ।

कार्यक्रममा बैंकका लाइफ स्टाइल बैंकिङ्ग यूनिर्भस प्रमुख श्यामप्रसाद लामिछानेले हाल बैंकले प्रदान गर्दै आइरहेको विभिन्न डिजिटल सेवाहरू तथा बैंकले आगामी दिनमा सुरु गर्न लागेका सेवाहरूको बारेमा जानकारी गराएका थिए । साथै यस प्रकारको कार्यक्रमहरू आगामी दिनमा समेत देशका विभिन्न स्थानमा आयोजना गर्ने बैंकको योजना रहेको छ ।

हालसम्म २१ लाख बढी मोबाइल बैंकिङ्ग ग्राहक, १४ लाख बढी डेबिट तथा क्रेडिट कार्डवाहक, २ लाख बढी क्युआर मर्चेन्ट, ४ हजार बढी पीओएस मर्चेन्ट तथा ३०० बढी ई–कमर्स मर्चेन्टहरुको साथै विभिन्न भुक्तानी प्रणालीसँग सम्बन्धित संस्थाहरूले बैंकसँग सहकार्य गरिरहेका छन् ।

एन आई सी एशिया बैंक मुलुकमा सबैभन्दा धेरै बैंकिङ्ग सञ्जालहरू भएका बैंकहरू मध्येको बैंक हो । यस बैंकले मुलुकभर ३५९ शाखा कार्यालयहरू, ४७३ एटिएम, १०६ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित शाखा सञ्जाल विस्तार गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?