Breaking News

बैंकहरुको सिडी रेसियो ( लगानी-निक्षेप अनुपात) घट्दो : बैंकिङ क्षेत्रमा सकारात्मक संकेत

Feb Sun 2023 04:49:33

320 views

बैंकहरुको सिडी रेसियो ( लगानी-निक्षेप अनुपात)  घट्दो :  बैंकिङ क्षेत्रमा सकारात्मक  संकेत

नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांक अनुसार अहिले नेपालका बैक तथा वित्तीय संस्थाहरूको लगानी-निक्षेप अनुपात (सिडी रेसियो) ८६.५४ रहेको छ। यसले एकैसाथ नेपालको बैंकिङ क्षेत्रमा केही सकारात्मक र थोरै अनौठा परिदृश्यलाई संकेत गरिरहेको छ।  

लामो समयसम्म लगानीयोग्य पुँजीको अभावमा रहेका बैंकहरुको सिडी रेसियो एकाएक ह्वात्तै तल झर्नु स्वाभाविक होइन। साना-साना ऋणका लागि आवेदन गर्नेहरूलाई समेत निराश बनाउँदै आएका बैंकमा अहिले २ खर्व भन्दा बढी लगानीयोग्य रकम थुप्रिएको अवस्था छ। 

नेपाल राष्ट्र बैंकका अनुसार अहिले समग्र बैंकिङ क्षेत्रले ८६.५४ प्रतिशतको सिडी रेसियो कायम गरेका छन् । राष्ट्र बैंकको निर्देशन अनुसार यस्तो अनुपात ९० प्रतिशत भन्दा बढी हुनुहुँदैन ।

चालु आवको दोस्रो त्रैमासको वित्तीय विवरण हेर्दा लगानी गर्नका लागि सर्वाधिक सहज अवस्थामा स्ट्याण्डर्ड चार्टर्ड बैंक रहेको छ । यो बैंकको सिडी रेसियो ८० प्रतिशत भन्दा कम रहेको छ । गत आवको सोही अवधिमा ८७.९२ प्रतिशत सिडी रेसियो कायम गरेको बैंकले चालु आवको पुस मसान्तसम्म आइपुग्दा ९.३२ प्रतिशतले घटाएर ७८.६० प्रतिशत कायम गरेको छ ।

पुस मसान्त सम्म अधिकांश वाणिज्य बैंकहरुले कर्जा निक्षेपको अनुपात घटाएका छन् । बैंकहरुले यस अवधिमा ०.५८ प्रतिशत देखि ९.३२ प्रतिशतसम्मले सिडी रेसियो घटाएका छन् ।

बैंकहरुको पछिल्लो वित्तीय विवरण अनुसार नबिल बैंकले चालु आवको दोस्रो त्रैमाससम्ममा ८८.९१ प्रतिशत सिडी रेसियो कायम गरेको छ । त्यस्तै, एनआईसी एसिया बैंकले ८३.४४ प्रतिशत, हिमालयन बैंकले ८७.१२ प्रतिशत, सिभिलले ८७.०५ प्रतिशत, सनराइजले ८५.८२ प्रतिशत, एनएमबीले ८७.२५ प्रतिशत र नेपाल बैंकले ८२.१२ प्रतिशत सिडी रेसियो कायम गरेका छन् ।

त्यसैगरी, यस अवधिमा सिद्धार्थ बैंकले ८३.३० प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकले ८१.६५ प्रतिशत, कृषि विकास बैंकले ८७.५४ प्रतिशत, सिटिजन इन्टरनेशनलले ८६.९४ प्रतिशत, कुमारीले ८९.५४ प्रतिशत, ग्लोबल आईएमईले ८९.४३ प्रतिशत, लक्ष्मीले ८५.४८ प्रतिशत, नेपाल एसबीआईले ८७.३५ प्रतिशत र नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले ८७.२४ प्रतिशत सिडी रेसियो कायम गरेका छन् ।

गत आवको पुस मसान्तसम्म ९४.८३ प्रतिशत सिडी रेसियो कायम गरेको प्राइम कमर्शियल बैंकले चालु आवको सोही अवधिमा आइपुग्दा सिडी रेसियो घटाएको छ । बैंकले यस अवधिमा ५.९४ प्रतिशतले कर्जा निक्षेप अनुपात घटाई ८८.८९ प्रतिशत कायम गरेको छ ।

त्यस्तै, यस अवधिमा माछापुच्छ्रे बैंकको सिडी रेसियो ८५.१८ प्रतिशत कायम गरेको छ । भने, एभरेष्ट बैंकले ८६.९९ प्रतिशत र सानिमा बैंकले ८३.०३ प्रतिशत सिडी रेसियो कायम गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?