Breaking News

हिमालयन र सिभिल बैंकको एकीकृत कारोबार शुरु, बैंकको कूल पूँजी ३४ अर्ब पुग्यो

Feb Fri 2023 03:20:57

329 views

हिमालयन र सिभिल बैंकको एकीकृत कारोबार शुरु, बैंकको कूल पूँजी ३४ अर्ब पुग्यो

हिमालयन र सिभिल बैंक लिमिटेडले शुक्रबारबाट एकिकृत कारोबार शुरु गरेका छन् । सिभिल बैंकलाई प्राप्त गरे पश्चात् ‘हिमालयन बैंक लिमिटेड’ को नामबाट शुक्रबार एक विशेष समारोहकाबीच एकिकृत कारोबारको शुरुवात गरेका हुन् । 

एकिकृत कारोबार शुभारम्भ हिमालयन बैंक लिमिटेडका अध्यक्ष प्रचण्ड बहादुर श्रेष्ठले घोषणा गरेका छन् । उनले उक्त प्राप्ति हिमालयन बैंकलाई उत्कृष्टताका साथ समृद्धिको बाटोमा सँगै अगाडि बढ्नका लागि भएको बताए । 

सिभिल बैंकलाई प्राप्ति गरे पश्चात् बैंकको अधिकृत पूँजी रु २६ अर्ब चुक्ता तथा जारी पूँजी २१.६५ अर्ब, कूल पूँजी ३४ अर्ब र कूल सम्पत्ति ३३४ अर्थ रहने छ । बैंकको कुल निक्षेप २७४ अर्ब र कूल कर्जा २५० अर्थ रहने छ । 

यसैगरी बैंकले नेपाल भरि रहेका १८९ शाखाहरु, २० वटा विस्तारित काउन्टर र २६३ भन्दा बढी ब्त्ः द्यययतज हरुबाट आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गर्ने जनाएको छ ।

विशेष समारोहलाई सम्बोधन गर्दै बैंकका अध्यक्ष श्रेष्ठले देशविकासको आर्थिक अवस्था एवं प्राप्ति पछि प्राप्त हुने बजार विस्तारको सम्भावना तथा लगानी योग्य वातावरणलाई ध्यानमा राखेर बैकको बृहत्तर विकास, दिगोपन र सशक्तताका लागि हिमालयन बैंकले सिभिल बैंकलाई प्राप्ति गरेको बताए । 

त्यसैगरी सिभिल बैंक लिमिटेडका अध्यक्ष प्रदिप जँग पाण्डेले दुई बैंकबीचको एकता आगामी दिनमा थप सबल र सक्षम बनाउनका लागि भएको बताए । समारोहमा हिमालयन बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत अशोक शमशेर राणाले अब हिमालयन बैंक देश कै एउटा उत्कृष्ट, सबल तथा ठूलो संस्था बनेको बताए । 

उनले आगामी दिनहरुमा बैंकले शेयरधनीहरुलाई उच्चतम प्रतिफल दिन र ग्राहकवर्गलाई समय सापेक्ष नवीन प्रबिधियुक्त सेवा सुविधा प्रदान गर्नका लागि केन्द्रित हुने बताए ।

कार्यक्रममा हिमालयन बैंकका महाप्रबन्धक उज्वल राजभण्डारीले यस प्राप्ति प्रक्रियामा साथ र सहयोग पुयाउने सम्पूर्ण संघ संस्थालाई धन्यवाद ज्ञापन गरेका थिए । हिमालयन बैंकले सिभिल बैंकलाई प्राप्ति गरे पश्चात् बैंकको संचालक समितिमा हाल हिमालयन बैंक लिमिटेडकै संचालक समिति रहनेछ भने बैंकको अध्यक्षतामा प्रचण्ड बहादर श्रेष्ठ नै रहनेछन् । त्यसै गरी बैंकको प्रमुख कार्यकारी अधिकृत अशोक शमशेर राणा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?