Breaking News

सेयर बजारमा पैसा बिनै पनि लगानी गरेर कारोबार गर्न सकिने

Mar Sat 2023 09:48:48

496 views

सेयर बजारमा पैसा बिनै पनि लगानी गरेर कारोबार गर्न सकिने

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले ट्रेडिङ सिमुलेटर सार्वजनिक गरेको छ । नेप्सेले धितोपत्रको दोस्रो बजारका सम्भावित लागनीकर्तालाई प्रविधिमा अभ्यस्त बनाउन भर्चुअल ट्रेड म्यानेजमेन्ट सिस्टम (सिमुलेटर) परीक्षणको रुपमा सञ्चालनमा ल्याएको हाे

नेप्सेको अनलाईन प्रणालीमा कसरी कारोबार हुन्छ भन्ने व्यावहारिक ज्ञान प्रदान गर्ने शैक्षिक प्रयोजनका लागि यो प्रणाली सञ्चालनमा ल्याइएको नेप्सेले जनाएकाे छ ।

नेप्सेकाे अनुसार प्रयोगकर्ताले demotrading.nepalstock.com मा गएर यो प्रणाली प्रयोगमा ल्याउन सक्ने छन् । प्रयोगकर्ताले सिमुलेटरमा प्रवेश गरी खरिद वा बिक्री आदेश राखेपछि प्रणालीले नै प्रति आदेश राखेर कारोबार सम्पन्न गराउनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?