अर्बौं डलर पुँजी भएको स्विट्जरल्यान्डको प्रतिष्ठित स्विस क्रेडिट बैंक पूर्ण रुपमा फेल भएर बिक्री हुने भएको छ । एक सय ६५ वर्ष पुरानो सो बैंकलाई स्विजरल्याण्डको सबैभन्दा ठूलो बैंक युबिएस एजी ग्रुपले खरिद गर्ने घोषणा गरेको छ । रिपोर्टहरूका अनुसार बैंकिङ संकटको बीचमा देशको दोस्रो ठूलो निजी ऋणदाता युबिएसले क्रेडिट स्विसलाई ३.२ बिलियन डलरमा खरिद गर्नेछ।
स्विस नियामक स्विस नेशनल बैंकले युबिएस र क्रेडिट स्विस बैंक बीचको सम्झौतामा प्रमुख भूमिका खेलेको थियो। स्विजरल्याण्ड सरकारले पनि यो सम्झौतामा युबिएसलाई सहयोग गरिरहेको छ। स्विस सरकारले क्रेडिट सुइसको अधिग्रहणमा संलग्न जोखिमहरूका लागि युबिएसलाई ९ अर्ब फ्र्याङ्क ग्यारेन्टी प्रदान गरिरहेको छ ।
युबीएस र क्रेडिट सुइस बैंकको यो सम्झौताका लागि सरोकारवालाको स्वीकृति पनि खारेज गरिएको छ । क्रेडिट सुइस बैंक किन्न युबिएसलाई सहयोग पुर्याउनेगरी स्विस नेशनल बैंकले एक सय अर्ब अर्ब स्विस फ्र्यांक ऋण पनि उपलब्ध गराउने जनाइएको छ ।
यस ‘अल शेयर ट्रान्जेक्सन’ अन्तर्गत क्रेडिट सुइसका शेयरहोल्डरहरुलाई प्रत्येक २२.४८ शेयर बराबर युबिएसको १ शेयर गर्ने सम्झौता भएको छ । यो सम्झौता करिब ३ अर्ब स्विस फ्रैंकमा गरिएको छ । यो सम्झौता मार्च १७ मा बन्द भएको बजारमा क्रेडिट सुइसको शेयरको अन्तिम मूल्यमा हुने बताइएको छ । क्रेडिट सुइसको शेयर अन्तिम कारोबार गत शुक्रबार १.८६ स्विस फ्रैंकमा भएर बन्द भएको थियो ।