Breaking News

नेपाल टेलिकमको सिममा हिमालयन बैंकको मोबाइल बैंकिङ एप निःशुल्क चल्ने

Apr Fri 2023 03:21:10

209 views

नेपाल टेलिकमको सिममा हिमालयन बैंकको मोबाइल बैंकिङ एप निःशुल्क चल्ने

नेपाल टेलिकमको सिम प्रयोगकर्ताहरुले अब हिमालयन बैंकको मोबाइल बैंकिङ एप निःशुल्क चलाउन पाउने भएका छन् । नेपाल टेलिकम र हिमालयन बैंकबीचको सहकार्यमा हिमालयन बैंकका ग्राहकले सो बैंकको एप निःशुल्क चलाउन सक्ने व्यवस्था गरिएको टेलिकमले जनाएको छ ।

यसका लागि केही दिनअघि चैत २० गते नेपाल टेलिकमको तर्फबाट प्रमुख व्यावसायिक अधिकृत संगीता पहाडी र हिमालयन बैंकको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत उज्वल राजभण्डारीले सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए ।

सम्झौतामा हस्ताक्षर गर्दै नेपाल टेलिकमका प्रमुख व्यावसायिक अधिकृत पहाडीले बैंकका मोबाइल एप प्रयोगकर्ताहरुको सहजताका लागि नेपाल टेलिकमले सहजीकरण गर्दै आएको बताइन् । अब, हिमालयन बैंकका ग्राहक पनि लाभान्वित हुने उनको भनाइ छ ।

यस्तै, हिमालयन बैंकका नायब प्रमुख कार्यकारी अधिकृत भण्डारीले ग्राहकहरुलाई सुविधाहरु दिने कार्यमा नेपाल टेलिकमसँगको सहकार्यले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?