Breaking News

प्रोफिक्स क्यामरा जडित टुथब्रसको आविष्कार

Feb Tue 2020 05:40:14

543 views

प्रोफिक्स क्यामरा जडित टुथब्रसको आविष्कार

टुथब्रसमा भएको क्यामराले मुखभित्रको लाइभ जानकारी आफै थाहा हुने

अमेरिकी कम्पनीले भिडियो क्यामरा जडित दाँत माझ्ने ब्रसको आविष्कार गरेको छ । प्रोफिक्स क्यामरा जडित टुथब्रसले दाँत माझिरहेको बेला आफ्नो मुखभित्रको सबै दृश्य क्यामराले खिचेर देखाइदिन्छ ।

प्रोफिक्स टुथब्रसलाई विल्मेट अमेरिकाका दन्त चिकित्सक क्रेज कोहलरले बनाएका हुन् । सन् २०१७ सम्ममा यसलाई बजारमा पठाइनेछ र यसको मूल्य ३९९ डलर तोकिएको छ ।

यो टुथब्रसले दाँत माझिरहँदा मुखभित्र खिचेका भिडियोलाई ब्लुटुथ मार्फत स्मार्टफोनमा पठाउनेछ । यसअर्थमा यो टुथब्रसमार्फत मुखभित्रको सफाइको दृश्यलाई लाइभ हेर्न सकिनेछ । स्मार्टफोनमा आफ्नो मुखभित्रका सबै दृश्य हेर्न र मुखको स्वास्थ्यमा सचेत रहन यसले मद्धत गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?