Breaking News

साइबर सुरक्षाको उच्च जोखिममा नेपाल सरकारका सम्बेदनशिल निकायहरु

Feb Fri 2023 03:15:21

331 views

साइबर सुरक्षाको उच्च जोखिममा नेपाल सरकारका सम्बेदनशिल निकायहरु

सरकारले साइबर सुरक्षामा गरिरहेको परिणाम दिनदिनैजसो भोगिरहनु परेको छ। त्यसको सबैभन्दा ठूलो भुक्तभोगी आखिर जनता नै हो, जो भइरहेको छ। जस्तो कि सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रणालीले काम गरेन र यात्रुहरूको काम डेढ घन्टा रोकियो। झन् माघ १४ गते त पाँच घण्टा सेवा अवरुद्ध भएको थियो। कहिले सरकारी वेबसाइट ह्याक हुने त कहिले बैंकका एटीएम। कम्युटरमा आधारित प्रणालीमा जुनखाले समस्या लगातारजसो नेपालमा देखिइरहेको छ, त्यो जति संवेदनशील छ, त्यसमा सरकार उतिसारो गम्भीर भएको देखिन्न। तसर्थ साइबर जोखिम झनै देखिन्छ।

प्रशासनिक केन्द्र सिंहदरबारमा डाटा सेन्ट र त्यसको ब्याकअप हेटौंडामा छ, तर सरकारी वेबसाइट र सफ्टवेयर समय सापेक्ष बनाउन नसक्नु सरकारी कमजोरी हो। हार्डवेयर र सफ्टवेयर जुन रूपमा अपडेट र मजबुद हुनुपर्ने हो, त्यता ध्यान पुगेको हुँदैन। जब प्रणाली नै ह्याक हुन्छ तबमात्रै सरकारले थाहा पाउँछ, जब साइबर भनेकै पूर्वसूचनासमेत लिन सकिने प्रविधि हो। नागरिकका तथ्यतथ्यांक, व्यक्तिगत विवरण र राज्यका महŒवपूर्ण दस्तावेज कम्प्युटर प्रणालीमा भएको हुँदा त्यसको सुरक्षा गम्भीर विषय हो। सूचना प्रविधिको जमानामा सुरक्षा चुनौती पनि यही मामलामा छ, जसमा नेपाल पटकपटक अत्यन्तै कमजोर सावित भएको छ। त्यसमाथि सरकारी सफ्टवेयर विदेशी भेन्डरमा निर्भर छन्, जो समस्या परेका बेला तुरुन्ता तुरुन्तै उपलब्ध हुँदैनन्। सफ्टवेयरमा नेपाल आत्मनिर्भर बन्ने बाटो समात्नुपर्छ।

जति पटक साइबर जोखिम र कमजोरी हुँदा पनि त्यसअनुसार सरकारले तदअनुसार चाल्नुपर्ने कदम चालेको छैन। त्यसैको उदाहरण हो साइबर नीति नियममा समेत उदासीनता देखाउनु,  नियमन र अनुगमनका लागि पर्याप्त र चुस्त संयन्त्र निर्माण नगर्नु। कुरा डिजिटल नेपालको गर्ने तर परम्परागत तवरमै चल्ने पाराकै कारण यतिका दुःख झेलिरहनु परेको सत्य हो। साइबर सुरक्षा विकसित देशहरूकै लागि पनि चुनौती हो भने हामीले झन् बढी संवेदनशीलता अपनाउनुपर्छ भन्ने हेक्का सरकारले राख्नुपर्ने हो। तर रामभरोसे पारामा बस्दा एकपछि अर्को दिन झेलिरहनु परेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?