नयाँ प्रविधि, अब महिलाहरूले उठेरै पिसाब गर्न सक्ने
Feb Wed 2020 02:40:52
766 views
काठमाडौं डेली महिलाहरुको यो समस्यालाई ध्यानमा राख्दै अष्ट्रेलियाको ग्रिन पार्टीले महिलाहरुलाई उठेर पिसाब फेर्ने तालीम दिँदैछ ।समाचार अनुसार एउटा विशेष खालको सामानको सहयोगले महिलाहरुले उठेरै पिसाब फेर्न सक्दछन् । सोही विशेष किट कसरी प्रयोग गर्ने भन्ने तालीम ग्रिन पार्टीले दिइरहेको छ ।
यो सामान नली आकारको हुन्छ । जसलाई महिलाहरुले आफ्नो मुत्रांगमा राखेर पिसाब फेर्न सक्दछन् । यसरी फेरेको पिसाब उक्त नली हुँदै ट्वाइलेट सम्म पुग्दछ ।काठमाडौं डेली प्रयोग गरिसकेपछि यो नलीलाई फ्याँक्न सकिन्छ । यो नलीको प्रयोगपछि महिलाहरुलाई फोहोर शौचालयमा पिसाब गर्नका लागि समेत बस्नुपर्ने बाध्यता हुनेछैन ।
विज्ञहरुका अनुसार लामो समयसम्म पिसाब रोक्नुपर्ने बाध्यताका कारण विश्वका करोडौँ महिलाहरु मूत्रनलीको संक्रमणबाट ग्रसित हुने गर्दछन् ।काठमाडौं डेली यदि महिलालाई उठेरै पिसाब गर्न मिल्ने उक्त नलीलाई कम मूल्यमा उपलब्ध गराउन सकियो र यसको प्रयोग व्यापक बनाइयो भने महिलाहरुमा युटीआइको समस्या निकै कम हुने बताइएको छ ।