सि-आस्वा बाट ३७ घण्टामै आरम्भ माइक्रोको सेयर बाँडफाँट
Feb Wed 2020 02:40:54
863 views
सी–आस्वा प्रणालीबाट सेयर भर्ने व्यवस्था मिलाइएपछि सेयर बाँडफाँट प्रक्रिया छिटो भएको छ। सेयर बिक्री बन्द भएको ३७ घन्टाभित्रै बुधबार आरम्भ माइक्रोफाइनान्सको सेयर बाँडफाँट गरिएको हो। सीडीएस एन्ड क्लियरिङ लिमिटेडमा एक कार्यक्रमकै आयोजना गरेर सेयर बाँडफाँट गरेको छ। आरम्भमा कुल एक लाख ८६ हजार ३८ जना आवेदकले एक करोड १८ लाख ७८ हजार ७५० कित्ताका लागि आवेदन दिएका थिए। यसमध्ये एक लाख ८५ हजार ६५३ आवेदक वैध भएको छ। बाँकीको आवेदन भने रद्द गरिएको छ। कुल २७ हजार ४८ जना आवेदकले सेयर पाएका छन्। यसमा ४३ दशमलव ८३ प्रतिशत बढी आवेदन परेको छ। आरम्भले फागुन १५ गतेदेखि २० गतेसम्म १०० रुपैयाँ दरको २ लाख ९४ हजार कित्ता आइपीओ निष्कासन गरेको हो। यसमध्ये आठ हजार ८२० कित्ता (तीन प्रतिशत) सेयर कर्मचारी र १४ हजार ७०० कित्ता (पाँच प्रतिशत) म्युचुअल फन्डलाई छुट्याएर बाँकी २ लाख ७० हजार ४८० कित्ता सर्वसाधारणलाई बिक्री गरेको थियो।