Breaking News

अब केन्द्रीय कारागारमा नै प्लस टुको पढाइ

Feb Tue 2020 05:40:59

393 views

अब केन्द्रीय कारागारमा नै प्लस टुको पढाइ

 केन्द्रीय कारागार जगन्नाथ देवलमा रहेको जगन्नाथ माविमा व्यवस्थापन संकायअन्तर्गत प्लस टुको पढाइ सुरु भएको छ ।

विभिन्न आपराधिक घटनामा संलग्न भई जेल सजाय बिताइरहेका बन्दी उच्चशिक्षाबाट वञ्चित नहोऊन् भन्ने उद्देश्यले जेलभित्रै उच्चमावि सञ्चालनमा ल्याएको हो । उच्चमाध्यमिक शिक्षा परिषद्ले स्वीकृति दिएपछि जगन्नाथ उच्चमाविमा व्यवस्थापन संकायअन्तर्गत प्लस टुको कक्षा सुरु भएको हो । व्यवस्थापन संकायअन्तर्गत अहिले उक्त उच्चमाविमा कक्षा ११ मा पठनपाठन सुरु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?