Breaking News

नाकाबन्दीको मौका छोपी निगमकै साँठगाँठमा कालोबजारी भएको खुलासा

Feb Wed 2020 02:40:49

881 views

नाकाबन्दीको मौका छोपी निगमकै साँठगाँठमा कालोबजारी भएको खुलासा

नाकाबन्दीको नाममा आयल निगमका कर्मचारी कमाउ धन्दामा

भारतले नाकाबन्दी गरेको मौका छोप्दै नेपाल आयल निगमकै उच्च अधिकारी र व्यापारीले साँठगाँठमा पेट्रोलियम कालोबजारी गरिरहेको खुलेको छ।nepal_oil_corporation पाँच दिनयता राजधानी भित्रिएको पेट्रोल र डिजेलको परिमाणबाट मात्र कालोबजारियाले झन्डै आधा अर्ब रुपैयाँ कमाएको र यो रकम निगमका उच्च अधिकारी, डिपो प्रमुखदेखि राजनीतिक नेतृत्वसम्म भागबन्डा गरिएको स्रोतले दाबी गरेको छ। कात्तिक २६ गतेदेखि ३० गतेसम्म भारतबाट इन्धन बोकेका ३ सय ट्यांकर काठमार्डौं भित्रिएको थियो। त्यसबाट ६० लाख लिटर तेल आएको थियो। यति परिमाणको तेल सामान्य अवस्थामा नियमसँगत बाँडेको भए कुल मागको ६० प्रतिशत पूरा हुन्थ्यो। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?