Breaking News

सुवास मिश्रको अध्यक्षतामा ११ सदस्यीय नुवाकोट समाज अस्ट्रेलियाको भेला सम्पन्न

Feb Tue 2020 05:40:29

299 views

सुवास मिश्रको अध्यक्षतामा ११ सदस्यीय नुवाकोट समाज अस्ट्रेलियाको भेला सम्पन्न

२०१६ जनवरी १७ तारिखका दिन एशफिल्ड पार्क (Ashfield Park) मा नुवाकोट समाज अस्ट्रेलिया (Nuwakot Samaj, Australia ) को भेला सम्पन्न भएको छ । भेलाले सुवास मिश्रको अध्यक्षतामा सर्वसम्मतिबाट तदर्थ कार्य समिति गठन गरेको छ। तदर्थ कार्य समितिको विवरण यस प्रकार रहेको छ।

१. अध्यक्ष - सुवास मिश्र २. सदस्य सचिव - सुदीप मुडभरी ३. सदस्यहरु - विक्रम खरेल - अभिषेक उप्रेती - मन्दिरा पाण्डे - सुमन के. सी. - अरुण नेपाल - वविता नेपाल भण्डारी - निराजन थापा - राम खड्का - रामकुमार डंगोल

त्यसैगरी समाजको अभिभावकका रुपमा श्री धर्मराज अधिकारीज्यूलाई संरक्षक तोकिएको छ भने ४ सदस्यीय सल्लाहकार समिति समेत बनाइएको छ ।

सल्लाहकारहरु - किरण थापा - सञ्जिव पाण्डे - विश्वामित्र खनाल - बलराम अधिकारी

समितिको बैठकले निम्न निणर्यहरु गरेको छ । १) भुकम्पबाट ग्रसित श्री धनदेवी प्रा. वि. (गेर्खु-४) निर्माणका लागि सहयोग गर्ने ।

२) समितिका पदाधिकारीहरु र सल्लाहकारहरुबाट हरेक महिना ५ डलर समितिको लागि उठाउने ।

३) २६ फेब्र्रुअरी २०१६ शुक्रबारका दिन कोष संकलनका लागि डिनर अायोजना गर्ने ।

उक्त अबसरमा आफ्नो ब्यस्तताको बाबजुद उपस्थित भएर कार्यसमितिलाई महत्वपूर्ण सल्लाह सुझाब दिनुहुने सम्पूर्ण महानुभाबहरु तथा अन्य सम्पूर्ण सहभागीहरुलाई नुवाकोट समाज अष्ट्रेलिया धन्यवाद ज्ञापन गर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?