Breaking News

सरकारले नै वीरगञ्ज नाका खोल्न नदिएपछि सेना नै आश्चर्यमा परे

Feb Tue 2020 05:40:58

256 views

सरकारले नै वीरगञ्ज नाका खोल्न नदिएपछि सेना नै आश्चर्यमा परे

वीरगञ्ज। करिब तीन महिनादेखि तराई आन्दोलनका कारण बन्द वीरगञ्ज नाका आन्दोलनकारी दलहरुलाई विजय उत्सव मनाउन दिने मनशायले सरकारले नै खुलाउन नचाहेको रहस्य खुलेको छ ।

७० प्रतिशतभन्दा बढी सामान आयात–निर्यात हुने नेपालको प्रमुख नाका वीरगञ्जमा आन्दोलनकारीको उपस्थिति न्यून भएपनि नेपाल–भारत दुवै मुलुकले नाका खुलाउने प्रयत्न गरेका छैनन् । असोज ५ गतेदेखि वीरगँज–रक्सौल नाकाबाट नेपाल–भारत आयात निर्यात ठप्प छ, जसका कारण मधेस र काठमाडौंसहित मुलुकभरका जनता ग्याँस र इन्धनको चरम अभावमा गुज्रिएका छन् ।

सुरुसुरुमा दिउँसो एक हजार र रातको समयमा दुई/चार सय स्थानीयलाई जम्मा गरेर मितेरी पुलमा धर्ना बसेको मोर्चाको उपस्थिति पछिल्लो एक महिनायता अत्यन्तै न्यून छ । धर्नामा चार/पाँचजना आन्दोलनकारी भन्दा बढी हुने गरेका छैनन् । रातको समयमा स्याल कराउँदा, कुकुर भुक्दा पनि डराउनुपर्ने अवस्था छ । न धर्नाकारी, न कुनै अवरोध, तर रक्सौलमा रोकिएका ग्याँसका बुलेट, इन्धनका ट्यांकर र अत्यावश्यक सामानसहित तेस्रो मुलुकबाट ल्याइएका सामग्री अझै नेपाल भित्रिने सुरसार छैन, बरु सुनौली नाकाबाट रिरुट गरेर महंगो मूल्यमा भित्र्याउने तयारी हुँदैछ ।

यस्तो बेला प्रहरी परिचालन गरेर नाका खोल्ने कसरत किन भइरहेको छैन, स्वयं सैनिक अधिकारीहरु नै चकित छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले भन्दै आएका छन्, ‘वीरगञ्ज–रक्सौल नाकामा धर्नामा मान्छे बसे पनि नबसे पनि कारण अर्कै छ, राजनीतिक कुरा मिलेपछि मात्रै प्रयत्न गरौं, अहिले वार्ताको वातारण बिग्रिन्छ ।’

तरुण साप्ताहिमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?