Breaking News

रजनीलाई मिसेस् टप अफ द वर्ल्ड २०१५’ को उपाधि

Feb Tue 2020 05:40:16

615 views

रजनीलाई मिसेस् टप अफ द वर्ल्ड २०१५’ को उपाधि

र्कीको अन्तालियामा नोभेम्बर १३ देखि १८ सम्म सम्पन्न ‘मिसेस् टप अफ द वर्ल्ड २०१५’ प्रतियोगितामा नेपालका तर्फबाट सहभागि भएकी रजनी थापाले फोर्थ रनर अपको उपाधि जित्न सफल भएकी छिन् ।miss

उनी प्रतियोगिमा मिसेस् डायमण्ड टप अफ द वर्ल्डको अवार्ड पनि जित्न सफल भएकी छिन् । ई प्लानेटको आयोजनामा सम्पन्न दोस्रो संस्करणको मिसेस् नेपाल प्रतियोगिताकी विजेता रजनी थापाले अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको प्रतिनिधित्व गरेको यो चौथो अवसर हो । यस अघि रजनीले ‘मिसेस् ग्लोब २०१३’ मा नेपालको तर्फबाट सहभागिता जनाएकी उनले ‘मिसेस् फिलेन्थ्रोपी’ विधाको अवार्ड जित्न सफल भएकी थिइन् ।

यसै गरी मिसेस् युनिभर्स २०१४ मा ब्युटिफुल लेडीको अवार्ड जितेकी रजनीले मिसेस् ग्लोब २०१४मा लिडर अफ द इयरको अवार्ड जित्न सफल भएकी हुन् । ई प्लानेटको संयोजन र सहकार्यमा मिसेस् टप अफ द वर्ल्डमा सहभागि भएकी रजनी सन् २०१३ देखि सामाजिक संस्था रक्षा नेपालका सद्भावना दूत समेत रहेकी छिन् । दुई दर्जन भन्दा बढी विवाहित सुन्दरीहरुको सहभागिता रहेको मिसेस् टप अफ द वर्ल्ड २०१५ को उपाथि भने बुल्गेरियाकी गालेना डिमोभाले पाएकी छिन् ।

यसैगरी फस्ट रनर अप तर्फ कोलम्बीयाकी माल्का डेनेभिस, अजरवैजानकी तेहेराना बाह्रुजी सेकेन्ड रनर अप तथा साइबेरियाकी नस्तास्जा आभ्याजोभा थर्ड रनर अप भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?