Breaking News

स्वर्गद्वारी मन्दिर एक ईतिहास एक परिचय

Feb Tue 2020 05:40:26

393 views

स्वर्गद्वारी मन्दिर एक ईतिहास एक परिचय

दाङ्गको भालुवाङ हुँदै भिंग्री बजारसम्म ६० कि.मि. को यात्रापछि स्वर्गद्वारीको प्रवेशद्वार आइपुग्छ । भिंग्री बजारको १३ कि.मि. को कच्ची बाटो हुँदै स्वर्गद्वारीको खुड्किलासम्म यातायातको सहज व्यवस्था गरिएको छ । भिंग्री बजारमा पर्यटन वर्ष २०११ लाई लक्षित गरी नेपाल निजामति कर्मचारी संगठन जिल्ला कार्य समिति प्यूठानद्वारा निर्मित शहिद झपेन्द्र स्मृति प्रवेशद्वारले बाटोबाट नै स्वागत गरेको अनुभव हुन्छ । प्रवेशद्वारको छेउमा राखिएको बोर्डमा स्वर्गद्वारी मन्दिरमा भइरहेको अखण्ड होम तथा पूजाबिधि बारे जानकारी गराइएको छ । प्यूठानको ग्रामीण भेगमा रहेको यो मन्दिर पुरातात्विक हिसाबले निकै नै महत्वपूर्ण छ । धेरै वर्ष अगाडि स्वर्गद्वारी महाप्रभु आएर तपस्या गरेर यज्ञ गरेको यो पुण्य भूमिमा नेपाल भारत लगायतका विभिन्न ठाउँहरुबाट तिर्थालु भक्तजनहरु आएर पूजाआजा गर्ने प्रचलन रहिआएको छ । स्वर्गद्वारी मन्दिरको इतिहास हेर्ने हो भने परापूर्वकालमा पाण्डवहरु तथा ऋषि महर्षिहरु आएर यज्ञ होम गरी स्वर्ग गएको र त्यही ठाउँमा स्वर्गद्वारी महाप्रभुले पनि यज्ञ गरी समाधि लिएको भन्ने धार्मिक मान्यता छ । साथै यस मन्दिर परिसरमा महाप्रभुले ध्यान गरी बसेको रुख हालसम्म पनि जिवितै छ । स्वर्गद्वारी महाप्रभुले रोल्पामा रहेको आफ्नो घरबार त्यागेर साधना गर्न ठाउँ हेर्दै आउने क्रममा स्वर्गद्वारीको खाली जग्गामा बसी ध्यान गर्दा त्यहाँ पहिलेदेखि नै यज्ञ हुने गरको र उत्खनन गरेर हेर्दा पूजाआजाका वस्तु तथा चरु होमको जौ तिलको अवशेष भेटिएपछि यहिं ध्यान गरी बस्नु भएको भन्ने किंवदन्ती छ । स्वर्गद्वारी महाप्रभु शिवजीको भक्त हुनुभएकोले मुख्य भगवानको रुपमा यहाँ शिवजीको दैनिक पूजाआजा हुने गर्दछ । यो ठाउँमा आएर जसले महाप्रभुले स्थापना गर्नुभएको १२० वर्ष पुरानो यज्ञ दर्शन गर्ला उसले दुःख कष्टबाट पार पाई स्वर्गको बास पाउला भन्ने धार्मिक मान्यता रहिआएको छ । महाप्रभुले पन्चभौतिक शरिर त्याग्नु अगाडि आफ्नो एउटा अङ्ग यहिं छाडेर जाँदैछु भनी आफ्नो चेलाहरुलाई भनेको र त्यही अङ्ग दिव्यज्योति भएर हालसम्म पनि बलिरहेको भन्ने धारणा छ । महाप्रभुले आफू बसेको ठाउँमा गाई पालेको र त्यहाँ मन्दिरको परिसरमा गोबरबाट बनेको गोबद्र्धन पर्वत रहेको छ । जसमा तिहारको गोबद्र्धन पूजाका दिन भव्यताका साथ पूजाआजा गरिन्छ र हालसम्म पनि स्वर्गद्वारी मन्दिरमा करिब ४०० को हाराहारीमा गाईहरु पालिएका छन् । स्वर्गद्वारी मन्दिरको वरिपरि रहेको शान्त वातावरणले जो कोहीको पनि मन लोभ्याउँछ । ढकमक्क फुलेको लालीगुराँस, हरिया रुखहरुको जंगल, साथमा ऐतिहासिक धर्मस्थल तथा अन्य मन्दिरहरुले स्वर्गद्वारीको शोभा बढाएको छ । हाल स्वर्गद्वारी मन्दिरमा ८० जना विद्यार्थीले ज्ञान लिइरहेका छन् भने आगन्तुकहरुका लागी खानबस्नको लागी राम्रो प्रबन्ध मिलाइएको छ ।

-Anandamritnews.com

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?