Breaking News

इरानमा अमेरिकाद्वारा साइबर आक्रमण

Feb Wed 2020 02:40:36

986 views

इरानमा अमेरिकाद्वारा साइबर आक्रमण
बीबीसी।  अमेरिकाले इरानको हतियार प्रणाली विरुद्ध साइबर आक्रमण सुरु गरेको छ। केही अमेरिकी रिपोर्ट्समा अवाइ आक्रमण नगर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्णयपछि हतियार प्रणाली विरुद्ध साइबर आक्रमण सुरु गरिएको दाबी गरिउको छ।वाशिंटन पोस्ष्टका अनुसार रकेटर मिसाइल सिस्टमलाई नियन्त्रित गर्ने कम्प्युटर प्रणालीलाई निशाना बनाइएको छ। न्यूयोर्क टाइन्समा अनुसार तेल ट्यांकर माथि आक्रमण र त्यसपछि अमेरिकी हवाइ ड्रोनलाई खसालेपछि अमेरिकाले इरान विरुद्ध नयाँ कदम उठाएको हो।  साइबर आक्रमण केही हप्तासम्म जारी रहने बताइएको छ। यसको उद्देश्य इरानको त्यो हतियार प्रणालीलाई निशाना बनाउनु हो जसको प्रयोग इस्लामिक रिभोल्यूशनरी गार्ड कार्पले गर्दै आएको छ।  यो आक्रमणपछि यो प्रणालीमा अनलाइनमा काम गर्न संभव हुँदैन। र, यसको प्रयोग अफलाइनमात्रै हुन्छ। यद्यपी शनिबार अमेरिकी गृह सुरक्षा विभागले इरानले अमेरिका विरुद्ध साइबर आक्रमण तीव्र पारेको चेतावनी दिएको थियो। त्यस बाहेक राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि झन कडा प्रतिबन्ध लगाउने घोषणा गरेका थिए। र, उक्त प्रतिबन्ध इरानले आफ्नो व्यवहार नसच्याएसम्म जारी रहने बताएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?