Breaking News

क्यान ईन्फोटेक २०१७ मेलामा अनलाइन टिकट किन्नेलाई विशेष छुट हुने

Feb Wed 2020 02:40:55

525 views

क्यान ईन्फोटेक २०१७ मेलामा अनलाइन टिकट किन्नेलाई विशेष छुट हुने

ब्रोडब्याण्ड इन्टरनेट र कम्युनिकेसन प्रविधि  ईन्फोटेक २०१७ को तयारी पूरा

सूचना प्रबिधि क्षेत्रको सबैभन्दा ठुलो मेला “सुविसु क्यान ईन्फोटेक २०१७ू आगामी माघ १३ गते देखि १८ गतेसम्म काठमाडौं भृकुटीमण्डप स्थित प्रदर्शनी स्थलमा आयोजना हुने मेलामा अनलाईन टिकट खरीद गर्नेलाई २० प्रतिशत छुट दिइने क्यान महासंघले जनाएको छ ।  ६ दिनसम्म चल्ने मेलामा २ सय २२ वटा स्टलहरु रहने छन् । मेलामा कम्प्युटर हार्डवेयर सेल्स तथा मेन्टिनेन्स, पावर सोलुसन्स, मोबाइल एक्सेसरिज, डिलर र डिस्ट्रिब्युटर्स, इन्टरनेट सेवा प्रदायक, टेलिकम्युनिकेसन्स, आइसिटी कलेज तथा ट्रेनिङ इन्स्टिच्युट, सफ्टवेयर सोलुसन्स, पेमेन्ट सोलुसन्स र अन्य स्टल रहनेछन् । मेलामा राष्ट्रिय तथा अन्तराष्ट्रिय सूचना तथा सञ्चार प्रविधि सम्बन्धित कम्पनीहरुको सहभागिता रहने क्यान महासंघका अध्यक्ष बिनोद ढकालले बताए ।

can com3

त्यस्तै क्यान आईसीटी कन्फेरेन्स माघ १६ र १७ सोल्टी क्राउन प्लाजामा हुने क्यान महासंघका महासचिव विश्व राम बलामीले बताए । उनका अनुसार ( इन्फरमेशन एण्ड कम्युनिकेशन टेक्नोलोजी फर सस्टनेवल डेभ्लोमेन्ट , स्मार्ट सिटीर भिलेजर कम्युनिटि, स्मार्ट एग्रिकल्चर, स्मार्ट एजुकेशन, स्मार्ट हेल्थ विषय वस्तुमा राष्ट्रिय तथा अन्तराष्ट्रिय विषय विज्ञहरुबाट कार्यपत्र पेश गर्ने बताए ।

infotch-017 ईन्फोटेकमा अवलोकन शुल्क वापत साधारणहरुलाई प्रवेश शुल्क सय र विद्यार्थीहरुलाई ५० रुपैया तोकिएको छ । माघ १६ गते आईतबारको दिनलाई भने विजनेश डे को रुपमा घोषणा गरिएको छ । उक्त दिनको प्रवेश शुल्क सम्पूर्ण अवलोकन कर्ताहरुको लागि सय रुपैया लाग्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?