Breaking News

१८ बर्षिया भिम सुनारले ओशियन नेपाली गाडी बनाएर यसरी कुदाए (भिडियो सहित)

Feb Wed 2020 02:40:59

502 views

१८ बर्षिया भिम सुनारले ओशियन नेपाली गाडी बनाएर यसरी कुदाए (भिडियो सहित)

बाग्लुङ्गका १८ बर्षिया यूवक भिम सुनारले‘ओशियन’ नामको गाडी निमार्ण गरेका छन्। सोमबार रिपोर्टर्स क्लब नेपालको केन्द्रिय कार्यालय भृकुटिमण्डपमा यूवक सुनारले एक महिना समय लगाएर निमार्ण गरेको गाडी सार्वजनिक गरेका हुन्।   क्लबका कोषाध्याक्ष पवन भटराईको सभापतित्वमा आयोजित साक्षात्कारमा यूवक सुनारले आफ्नो सिप र दक्षतालाई राज्यले उपभोग गर्नुपर्ने बताएका छन्। उनले भने,‘म अहिले कक्षा १२ मा अध्ययनरत छु, १० कक्षा पढ्दाको समयमा शैक्षिक प्रदर्शनि गर्नु पर्थो, त्यो बेला डोजर बनाएर प्रदर्शन गरेको थिए, त्यसपछि रोवर्ट र हेलिकप्टर बनाए, आज आएर ओशियन नामको चार पाँग्रे गाडि निमार्ण गरेको छु, यो केवल नमुना हो।’ सुनारले अघि थपे,‘यो गाडी ८० हजार लगानिमा निमार्ण भएको छ, ३ लाख खर्च गरेर बनाउने हो भने एक्दमै राम्रो गाडी बनाउन सक्छु, राज्यले सहयोग गरेको खण्डमा हामी जस्ता केहीगर्न चाहने यूवाहरू स्वदेशमै बसेर देश विकासमा केही गरेर देखाउन सक्छौँ, यदि राज्यले हेरेन भने विदेश पलायनको विकल्प रहँदैन।’

सञ्चारकर्मीले मेशिनको निमार्ण कसरी गर्नु भयो नि भनेर गरेको प्रश्नको जवाफमा उनले भने,‘लगानीको अभावमा मैले यतिखेर यो गाडीमा बाईकको ईन्जिन राखेको छु, मेरो कनसेप्ट ब्याट्रिबाट चल्ने गाडि बनाउने हो, लगानी भयो भने सबै आफैले निमार्ण गर्नसक्छु, यो गाडिको स्ट्रिङ मैले आफै बनाएको हुँ, राज्यले हामीलाई नहेरे पनि आफ्नै लगानीमा आफ्नो सिपलाई जिवित राख्ने प्रयास गर्नुपर्दछ, मलाई मात्रै होईन, अन्य धेरै यूवाको क्षेमतालाई राज्यले सदुपयोग गर्न सकेको छैन्, यसमा दुःख लाग्छ।’ आगामी दिनहरुमा कृषि क्षेत्रको विकासमा समर्पित हुने लक्ष्य लिएका सुनार आगामी दिनमा गहुँ, कोदो, धान, भटमासलाई मेसिन मार्फत सरल व्यबस्थापन गर्ने मेसिनको साथै तरकारि काट्ने मेसिन बनाउने बताउछन्।

https://youtu.be/2WTNGoBU5s0

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?