Breaking News

दूर्गम क्षेत्रमा ड्रोनले यसरी पुर्यायो औषधी.

Feb Wed 2020 02:40:23

1166 views

दूर्गम क्षेत्रमा ड्रोनले यसरी पुर्यायो औषधी.
प्रशान्त महासागरको बीचमा रहेको भानुआटु राष्ट्रमा ड्रोनले ४६ किलोमिटरको दुरी पारगर्दै औषधी सेवा प्रदान गरेको छ।   टापु राष्ट्र भानुआटुमा यूनिसेफले ड्रोनमार्फत खोप तथा औषधी पठाएको हो। स्वास्थ्यको क्षेत्रमा व्यवसायीक ड्रोन प्रयोग भएको यो पहिलो पटक हो। भानुआटुमा करिब २० प्रतिशत बालबालिका महत्वपूर्ण खोपबाट बन्चित छन्। गरिब र टापु राष्ट्र भएका कारण त्यहाँ स्वास्थ्य देखि सम्पूर्ण सुविधाहरु न्यून छ। यूनिसेफले ड्रोनबाट टाढा औषधी सफल रुपमा पठाएपछि भविष्यमा ड्रोनले स्वास्थ्यको क्षेत्रमा ठूलो फड्को मार्ने विश्वास व्यक्त गरेको छ। यसअघि पनि ड्रोनबाट औषधी पठाइएका छन्। तर एक देशले व्यवसायिक ड्रोन कम्पनीसँग सम्झौता गरेर औषधी ड्रोनमार्फत उपलब्ध गराएको यो पहिलो घटना भएको यूनिसेफका कार्यकारी अधिकृत हेनरिटा फोरेले बताए।     ड्रोनमार्फत भेनुआटुमा औषधी पुर्याउन दुई कम्पनीले बोलाबोल गरेका थिए। अष्ट्रेलिया सुर एरो कम्पनीले यसै महिनाको सुरुवातमा बोलाबोलमा यूनिसेफको अभियानमा काम गर्ने मौका पाएको थियो। ड्रोनबाट उपलब्ध गराइएको खोप तथा औषधी १३ बालबालिका र ५ गर्भवती महिलामा प्रयोग भएको छ। ड्रोनबाट २५ मिनेटमा औषधी उपलब्ध भएको थियो। टापु मूलुक भएकाले यसअघि डुंगाको साहारामा औषधी प्रदान गरिन्थ्यो। तर सो कार्य निकै ढिला हुने यूनिसेफले बताएको छ। एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?