Breaking News

कालोबजारीको पेट्रोल किन्दै हुनुहुन्छ होसियार !! यसरी पर्नुहोला प्रहरीको फन्दामा

Feb Tue 2020 05:40:37

602 views

कालोबजारीको  पेट्रोल किन्दै हुनुहुन्छ होसियार !! यसरी पर्नुहोला प्रहरीको फन्दामा

 महानगरीय अपराध महाशाखाले पेट्रोलियम पदार्थ कालोबजारी गर्ने सात जनालाई काठमाडौँको विभिन्न स्थानबाट मङ्गलबार पक्राउ गरी आज महानगरीय प्रहरी परिसर काठमाडौँको जिम्मा लगाएको छ । उनीहरुलाई पेट्रोलियम पदार्थसहित पक्राउ गरी कालोबजार तथा केही अन्य सामाजिक अपराध मुद्दामा आवश्यक अनुसन्धान कारबाहीको लागि महाशाखाले परिसरमा पठाएको हो ।

पक्राउ पर्नेमा झापा मेचीनगर नगरपालिकाका प्रकाश सापकोटाबाट पेट्रोल ८५० लिटर र डिजेल १६०० लिटर, झापा बाहुनडाँगी गाविसका प्रकाश पन्थ र तेजबहादुर दाहालको साथबाट पेट्रोल ३०० लिटर, झापा धुलाबारी गाविस मनोज साहबाट पेट्रोल १६५ लिटर र डिजेल ११० लिटर, काठमाडौँका प्रज्वल शाक्यबाट १०० लिटर, सुनसरी इनरुवा कावलदेव पोदार र मोरङ इन्द्रपुर गाविस सुनिल पोदारको साथबाट पेट्रोल एक हजार ३३० लिटर र डिजेल ३०० लिटर बरामद गरिएको महाशाखाले जनाएको छ ।petrol assd

सिआइबीबाट बिभिन्न व्यक्ति पक्राउ 

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ९सिआइबी०ले भक्तपुर महामञ्जुश्री नगरकोट नगरपालिकाबाट संरक्षित वन्यजन्तु एउटा जीवित सालकसहित दुई जनालाई आज पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रे गोकुलेका ज्ञानबहादुर मोक्तान र सिन्धुली क्यानेश्वरका अनिल मोक्तान रहेका छन् । पक्राउ परेकालाई बरामदी मुचुल्कासहित थप अनुसन्धान एवम् आवश्यक कारबाहीका लागि जिल्ला वन कार्यालय, सानोथिमि भक्तपुरमा बुझाइएको ब्यूरोले जनाएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु ऐन २०२९ले संरक्षित वन्यजन्तु सालक मार्ने तथा गैरकानुनी रूपमा यसका अङ्ग खारिद बिक्री, ओसारपोसार, एवम् तस्करी गर्नेलाई रु ४० हजारदेखि ७५ हजारसम्म जरिवाना वा एकदेखि १० वर्षसम्म कैद वा दुवै सजाय तोकेको छ ।

यसैगरी ब्यूरोको टोलीले डाँका मुद्दामा काठमाडौँ जिल्ला अदालतको विसं २०६७ चैत २४ गतेको फैसलाले एक महिना १५ दिन कैद र जरिवाना रु दुई लाख ५३ हजार ९२७ बापतको जम्मा चार वर्ष एक महिना कैद हुने ठहरेका भक्तपुर साविक गुण्डु गाविस बस्ने रुपेश भन्ने रुपक खातीलाई आज पक्राउ गरेको छ ।

उनलाई भक्तपुरको किवाचोकबाट पक्राउ गरी फैसला कार्यान्वयनका लागि काठमाडौँ जिल्ला अदालतमा पेस गरेकामा आजै अदालतको आदेशले कैद भुक्तानका लागि केन्द्रीय कारागार जगन्नाथ देवलमा पठाइएको छ ।

प्रतिवादी खातीसमेतका तीन जना नकाबधारीको समूहले २०६५ वैशाख ३ गते राती राधिका गुप्ताले काठमाडौँको गौशालामा सञ्चालन गरेको मिठाई पसलको ढोका फुटाइ नगद, मोबाइल र सुनका गहनासमेत गरी रु छ लाखभन्दा बढी बराबरको रकम डाँका गरेकामा अदालतले मुलुकी ऐन चोरीको महलको १४९२० नम्बरबमोजिम उल्लेखित फैसला सुनाए पनि उनी फरार रहेका थिए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?