Breaking News

तपाईलाई ग्याष्ट्रिक छ ? अब यसो गर्नुहोस् !

Feb Tue 2020 05:40:45

246 views

तपाईलाई ग्याष्ट्रिक छ ? अब यसो गर्नुहोस् !

ग्याष्ट्रिकलाई सामान्य रोग मानिन्छ । हरेक नेपालीहरुलाई यो रोगले सताएकै हुन्छ त्यसैले पनि ग्याष्ट्रिकलाई नेपालीको रोग भनिन्छ । किनभने हामी नेपाली खानपानमा पटक्कै ध्यान दिँदैनौ । लामो समय खाना नखाइ भोक भोकै बस्ने, खाना भेट्टाएको बेला एकै पटक धेरै खाने, खानामा व्यालेन्स राख्नु पर्छ भन्नै कुरामा पटक्कै ध्यान नदिने कारणले पनि धेरै नेपालीलाई यो रोगले सताएको हो । खानपानकै गडबढीका कारण हुने रोग भएकोले हाम्रो खानपानलाई सन्तुलित गर्नासाथ ग्याष्ट्रिकले छुदै छुदैन, छोइसकेको छ भने चाडै निको पनि हुन्छ । त्यसैले ग्याष्ट्रिकलाई सामान्य रोग भनिएको हो ।

ग्याष्ट्रिकबाट बच्न के गर्ने त ?

(१) खाना समयमा खाने गर्नुहोस्ः ग्याष्ट्रिक भएकाहरुले सकेसम्म प्रत्येक दुई/दुई घन्टाको फरकमा खाना खाने गर्नु पर्छ । लामो समय केही नखाँदा पेटमा हावा भरिन्छ र ग्याष्ट्रिक हुन्छ ।

(२) प्रशस्त पानी पिउनुहोस्ः लगातार पानी पिउँदा पेटमा ग्यास जम्मा हुन पाउँदैन र जिउमा समेत पानीको सन्तुलन कायम हुन्छ । तर पानीकै मात्रा त हो नि भनेर कोक, पेप्सी, फेन्टाजस्ता कोल्ड ड्रिङ्क्स पिउने गर्नु हुँदैन, यस्ता वस्तुले पेटमा ग्यासको मात्रा बढाउँछन् ।

(३) कागती पानी पिउने गर्नुहोस्ः पेटमा धेरै ग्यास भरिएको अवस्थामा कागती पानी पिउने । यसले ग्यास हटाउन मद्दत गर्दछ भने पेटलाई फुल्न दिँदैन । खाली पेटमा कागती पानी खानाले पेटमा ग्यासको मात्रा कम हुन्छ र दुखेको पेट पनि सन्चो हुन्छ ।

(४) लसुन पानी पिउने गर्नुहोस्ः विहान उठ्नासाथ दुई वा तीन पोटी लसुन पानीसँग निल्ने गर्नुहोस् यसले ग्याष्ट्रिक भएकाहरुलाई निक्कै फाइदा गर्छ भने उच्च रक्तचाप भएकाहरुलाई पनि यो निक्कै गुणकारी हुन्छ ।

(५) कार्बोहाइड्रेडजन्य खानेकुरा कम खाने गर्नुहोस्ः पेटमा ग्यास जमेर पचाउन गाह्रो पर्ने भएकाले मकै, राजमा, बन्दा, प्याज, वियर, वाइन जस्ता खानेकुरा नखानुहोस् ।

(६) तागतको लागि भन्दै दूध नपिउनुहोस्ः सामान्य अवस्थामा दूध तागतको लागि भए पनि ग्याष्ट्रिक भएकाहरुलाई दूधले फाइदा भन्दा हानी बढी गर्दछ । ग्याष्ट्रिक भएकाहरुको पाचन प्रकृया कमजोर हुने भएकोले दूध पचाउन निक्कै कठिन हुन्छ त्यसैले दूध नपिउनु नै उत्तम हो । तर त्यही तथा दूधबाट बनेका अन्य हल्का परिकारहरु भने खादा हुन्छ । (७) ग्याष्ट्रिकले पेट दुखेर फत्य्राक फत्य्राक हुनुहुन्छ भने मन तातो पानी पिउने र चिकित्सकलाई तत्कालै देखाइ हाल्ने गर्नुहोस् ता कि अन्य जटिल समस्याहरू नआउन् । "माथि लेखिएका कुरा पढ्ने अनि बिर्सने नगर्नुहोस्, पढेर मात्रै रोग निको नहुने भएकोले पालना पनि गर्नुहोस्"

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?