Breaking News

नयाँ फोन बेच्न सामसङ र एप्पलले ग्राहकको स्मार्टफोन स्लो बनाइदिन्छन्

Feb Tue 2020 05:40:47

615 views

नयाँ फोन बेच्न सामसङ र एप्पलले ग्राहकको स्मार्टफोन स्लो बनाइदिन्छन्
एप्पल र सामसङजस्ता ठूला स्मार्टफोन कम्पनीहरु आफैंले ग्राहकको स्मार्टफोन स्लो बनाइदिने र ग्राहकलाई नयाँ फोन किन्न बाध्य पार्ने गरेको खुलेको छ । यी दुई कम्पनीले यस्तै व्यापारिक आचारसंहिता भन्दा बाहिरको काम गरेको प्रमाणित भएपछि कारवाहीमा परेका छन् । उनीहरुले सफ्टवेयर अपडेटबाट आफ्ना मोबाइल डिभाइसलाई स्लो बनाइदिने गरेको खुलेको हो । उनीहरुले ग्राहकलाई नयाँ फोन किन्न बाध्य पार्ने उद्देश्यले यसरी फोन स्लो बनाइदिने गरेको खुलेको छ । इटालीको एन्टी ट्रस्ट सम्बन्धी नियामक निकायले एप्पल र सामसुङमाथि जनही ५० लाख युरो जरिवानाको फैसला गरेको हो । त्यस्तै एप्पलमाथि थप ५० लाख युरो जरिवाना गरिएको छ । मोबाइलमा ब्याट्रीलाई कसरी जोगाउने तथा फेर्ने भन्ने विषयमा प्रयोगकर्तालाई प्रष्ट जानकारी नगराएको आरोपमा एप्पलमाथि थप जरिवाना गरिएको हो । एप्पल तथा सामसुङले आफ्ना पुराना मोडेलका ह्याण्डसेटमा उपलब्ध गराएको सफ्टवेयरका कारण मोबाइल सेटहरु निकै स्लो भएको र यसबाट कम्पनीहरुले प्रयोगकर्तालाई नयाँ मोबाइल किन्न बाध्य पारेको गुनासो इटालियन मोबाइल फोन प्रयोगकर्ताहरुले गर्दै आएका थिए । उपभोक्ताको यस्तो गुनासोमाथि सुनुवाइ गर्दै इटालीको उपभोक्ता हित सम्बन्धी नियामक निकायले एप्पल र सामसुङमाथि कारवाही गरेको हो । एक विज्ञप्ति जारी गर्दै उक्त निकायले एप्पल र सामसुङले उपलब्ध गराउने सफ्टवेयर अपडेटका कारण स्मार्टफोनमा गम्भीर समस्या उत्पन्न हुने गरेको तथा स्मार्टफोनको क्षमता पनि उल्लेख्य रुपमा ह्रास आउँदा उपभोक्ताहरु नयाँ स्मार्टफोन किन्न बाध्य हुने गरेको बताएको छ । ती कम्पनीहरुले सफ्टवेयर अपडेटबारे प्रयोगकर्तालाई पर्याप्त जानकारी नगराएको पनि उसको ठहर छ । ब्याट्रीको समस्या रहेका पुराना मोडेलका आइफोनहरुमा सफ्टवेयर अपडेटले आइफोनलाई स्लो गराएको कुरा एप्पलले गत वर्ष स्वीकार गरे पनि उपभोक्तालाई नयाँ सेट किन्न बाध्य गराउने आफ्नो नियत नरहेको एप्पलले दाबी गरेको थियो । तीव्र आलोचनापछि एप्पलले खराब भएका ब्याट्री सित्तैमा फेरिदिने योजना ल्याएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?