हिमालयन बैंकले शेयरधनीलाई ४२ प्रतिशत लाभांस दिने, वोनस सेयर ३५ प्रतिशत
Feb Tue 2020 05:40:13
540 views
काठमाडौं । हिमालयन बैंक लिमिटेडले ४२.१० प्रतिशत लाभांस दिने भएको छ । बैंकको सञ्चालक समितिले ३५ प्रतिशत वोनस सेयर र ७.१० प्रतिशत नगद लाभांस प्रस्ताव गरेको हो ।
बैंकले प्रस्ताव गरेको लाभांस नेपाल राष्ट्र बैंकले स्वीकृत गर्न बाँकी छ । बैंकले गत बर्ष एक अर्ब नौं करोड नाफा गरेको थियो । बैंकको चुक्ता पुँजी तीन अर्ब ३३ करोड रुपैयाँ छ ।
बैंकले वोनस र हकप्रद सेयरबाट पुँजी बृद्धि गर्ने योजना राष्ट्र बैंकमा बुझाएको छ । बैंकले प्रत्येक बर्ष वोनस सेयर र अन्तिम बर्ष हकप्रद सेयर दिएर दुई आर्थिक बर्षमा पुँजी आठ अर्ब रुपैयाँ पुर्याउने जानकारी राष्ट्र बैंकलाई गराएको छ ।