Breaking News

ह्याण्डक्यारी भित्र लुकाएर ४ वर्षकी बच्चीलाई फ्रान्स पुर्याइयो

Feb Tue 2020 05:40:24

401 views

ह्याण्डक्यारी भित्र लुकाएर ४ वर्षकी बच्चीलाई फ्रान्स पुर्याइयो

एजेन्सी – फ्रान्सकी एक महिलाले ४ वर्षकी बच्चीलाई ह्याण्डक्यारी भित्र राखेर इस्तानबुलबाट पेरिस पुर्याएकी छन् । अफ्रिकी मुलुक हाइटीबाट बच्चीलाई ‘एडोप्ट’ गरेर ल्याएकी ती महिला गत सोमबार टर्कीको इस्तानाबुलमा ट्रान्जिटमा बस्नु परेको थियो । विमानस्थलका अधिकारीले उनलाई बच्चीसँग यात्रा गर्न नपाउने बताएपछि उनले नयाँ टिकट किनेकी थिइन् र बच्चीलाई ह्याण्डक्यारीमा राखेकी थिइन्। ह्याण्डक्यारीमा रहेकी ती बच्चीलाई जहाजभित्र ट्वाइलेट जानुपर्ने भएपछि अरु यात्रुले चाल पाएका थिए । पेरिसको चाल्र्स डि गार्ल विमानस्थलका अधिकारीले महिलाले ह्याण्डक्यारीमा बच्ची ल्याएको जानकारी पाएको बताएका छन् । तर उनी माथि कुनै मुद्दा दायर भएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?