२० औं शताब्दी वैज्ञानिक समाजवादीहरुलागि निकै मूल्य राख्ने शताब्दीको रुपमा रह्यो । रुस, चीन लगायतका मुलुकहरुमा समाजवादी सत्ता स्थापना भए भने कतिपय देशहरुमा समाजवादले नराम्रोसँग धक्का खान पुग्यो । ती धक्का खाने देशहरु मध्ये एक हो इन्डोनेसिया । जहाँका कम्युनिस्टहरुले हिटलरले जस्तै नरसंहारको क्षति व्यहोर्नु प¥यो ।
नेपालबाट ६ हजार १ सय ४९ किलोमिटर दक्षिणपूर्वमा रहेको इन्डोनेसिया जनसंख्याको हिसाबले विश्वको चौथो ठूलो देश हो । त्यहाँको जनसंख्या २५ करोड ६३ लाख रहेको छ । इन्डोनेसिया मुस्लिम जनसंख्या रहेको विश्वकै ठूलो देश पनि हो । कुल जनसंख्याको ८७ प्रतिशत मुस्लिम समुदाय इन्डोनेसियामा बसोवास गर्छन् । इन्डोनेसियाको राजधानी जकार्ता हो ।
त्यही देशमा ८ जून १९२१ मा जावा द्वीपसमूहको एक किसान परिवारमा सुहार्तोको जन्म भयो । उनले १९६७ देखि १९९८ सम्म दोस्रो राष्ट्रपतिका रुपमा शासन गरे ।
सुहार्तो सानै उमेरमा डेनमार्कको औपनिवेशिक सेना सामेल हुन गए । द्वितीय विश्व युद्धमा उनले एक छापामार सैनिकको रुपमा चार वर्ष काम गरे । त्यसबेला डेनमार्कको उपनिवेशमा इन्डोनेसिया थियो । उनले डेनमार्कबाट आफ्नो मुलुक स्वतन्त्र बनाउन लडाई लडे । अगस्त १९५० मा इन्डोनेसिया डेनमार्कबाट स्वतन्त्र हुँदा उनी२९ वर्षका लक्का जवान थिए । त्यसबेला उनी इन्डोनियाका लेफ्टिनेन्ट कर्नेल थिए ।
उनको सैन्य जीवन समाप्त भएको थिएन तर उनी युवा नै थिए । १९६० को दशकको शुरुवातमा पुग्दा इन्डोेनेसियाका पहिलो राष्ट्रपति सुकर्नाेको शासनकाल निकै ठूलो सत्तासंकटबाट गुज्रिरहेकोथियो । त्यसबेला इन्डोनेसियामा एकातिर सुकर्नोको शासनथियो भने त्यसको विरुद्धमा कम्युनिस्ट क्रान्तिकारीहरु डटिरहेका थिए । शोभियत युनियन, चीनको वैचारिक राजनैतिक र क्रान्तिकारी जोशका लिएर त्यहाँका कम्युनिस्टहरु सुकर्नोको विरुद्ध लडिरहेका थिए ।
साम्यवादीहरुको विरुद्ध अमेरिका लगाएका साम्राज्यवादी देशहरुले इस्लामी कट्टर पन्थीहरुलाई उक्साईरहेको थियो । विश्वका समाजवादी लहर बढिरहेको बेला इन्डोनेसियाका कम्युनिस्टहरुले १९६५ मा सत्ता कब्जा गर्न खोजे । तर दुर्भाग्यवस् सफल हुन सकेन । भनिन्छ, त्यसबेला सुहातोले त्यहाँका फासीवादी सत्ता बचाउने महत्वपूर्ण भूमिका निभाएका थिए । त्यसबेला उनी एक सैनिक जनरल थिए । उनलाई कम मानिसहरुले मात्र चिन्थे ।
चतुर र कुटनीतिमा निकै सिपालु स्वभावमा सुहार्तोे अन्ततः सन् १९६६ मा सत्तासीन भए । त्यसपछि उनको क्रुर शासन शुरु भयो । सत्तासीन हुने वित्तिकै उनी कम्युनिस्टहरुकाविरुद्ध हिटलरको रुपमै उदाए । उनले सम्पूर्ण साम्यवादीहरुलाई सफाया गर्न आदेश थिए । त्यसपछि शुरु भयो कम्युनिस्ट विचार बोकेका साम्यवादी मानिसहरुलाई खोजी खोजी मार्ने क्रम । रातारात रगतको खोला बग्यो । भनिन्छ, त्यसबेला अमेरिकाको जासुसी संस्था सीआईएले कुन कम्युनिष्ट कुन घरमा बस्छ भनेर कोठासमेतको रिपोर्ट सुहार्तोलाई दिइ मार्न सघाएका थिए । उनीहरुले कम्युनिष्ट सिध्याउन त्यहाँका धार्मिक अतिवादीहरुलाई समेत प्रयोग गरेका थिए।
को कहाँ मारिन्छ थाहा हुन छाड्यो । मारिने संख्या सयबाट केही दिनमै हजार पुग्न थाल्यो । दुनियाँभरका कम्युनिस्टहरु हत्याको विरोध गर्ने सिवाय अरु केही गर्न सक्ने अवस्थामा थिएन । यता चीन र शोभियत संघबीच महान बहस चलिरहेको थियो । स्टालिनको मृत्युपछि शोभियत संघ धर्मराउन थालेको थियो । यता चीनमा पार्टी भित्र घुसेका संशोधनवादको विरुद्ध माओले महान सर्वहारा साँस्कृतिक क्रान्ति शुरु गरेका थिए । तर इन्डोनेसियामा मारिने क्रम रोकिएन । दुनियाँ भरमा मानिसहरुले मन्दमन्द स्वरमा सुहार्तोको खुनी कदमको विरोध गरिरहे । तर समाजवादको दियोलाई निभाउन साम्राज्यवादको निर्देशनमा सुहार्तो लागिरहे ।
अन्ततः सन् १९६५ देखि १९६८ को ३ वर्षकोबीचमा कम्युनिष्टहरुलाई तहसनहस बनाइदिए । इतिहासकारहरुका अनुसार ३ वर्षकोबीचमा सुहार्तोले आठ लाख कम्युनिष्टहरुको नरसंहार गरे । ३ लाख सर्वसाधारण मानिसहरुलाई एउटै चिहान बनाइदिए ।
यसरी कम्युनिस्टको नरसंहार गरेपनि उनको शासन भने राम्रो हुन सकेन । उनी भ्रष्टाचारको मुद्दामा मुछिए । उनको शासनकालमा देशमा भ्रष्टाचार अकल्पनीय ढंगले मौलायो । अन्ततः उनी १९९८ मा बर्खास्तीमा परे । सत्ताच्यूत भएपछि उनी राजधानी छेउमा एक आलिसान महल बस्न थाले । हिटलरपछिको २० औँ शताब्दीको नरसंहारकारी सुहार्तोलाई उनीपछिको सरकारले अपराधीको मुद्दा लगायो तर त्यो सफल हुन सकेन । किनकी जानकारहरुका अनुसार नरसंहारमा मात्र सुहार्तो थिएनन्, उनको काँधमा बन्दुक राखेर पड्काउँने अमेरिका थियो । नरसंहारकारी सुहार्तोको २७ जनवरी २००८ मा मृत्यु भयो ।