Breaking News

स्मार्ट प्रविधिमा आयो स्मार्ट लठ्ठी र स्मार्ट ट्वाइलेट

Feb Tue 2020 05:40:38

473 views

स्मार्ट प्रविधिमा आयो स्मार्ट लठ्ठी र स्मार्ट ट्वाइलेट

बुढाबुढी र ट्रेकिङका लागि स्मार्ट लठ्ठी

चिनियाँ कम्पनी हुवाहे (स्मार्टफोन निर्माता हुवावे हैन्) ले बनाएको यो स्मार्ट लठ्ठीमा अत्याधुनिक प्रविधि जडान गरिएको छ । यो लठ्ठीमा जिपिएस प्रविधि छ । जसका कारण यो लठ्ठी लिएर हिँड्नेले आफू कुन ठाउँमा छु भनेर पत्ता लगाउन सक्छ । नयाँ ठाउँमा पदयात्रामा निस्कनेका लागि यो लठ्ठी निकै विश्वासिलो साथी सावित हुने वैज्ञानिकहरुको दाबी छ ।

smart-cane-3त्यस्तै यो लठ्ठीमा एउटा इमर्जेन्सी बटन पनि रहेको छ । जसलाई दबाउने बित्तिकै विभिन्न पाँच वटा नम्बरमा फोन जान्छ । आफू अप्ठेरो वा खतरामा परेकाबेला आकस्मिक सहयोगका लागि यो इमर्जेन्सी बटन दबाउन सकिन्छ र यसो गर्दा आफूलाई उद्धार तथा सहयोग गर्नेहरु आउन सक्छन् ।

वास्तवमा यो स्मार्ट लठ्ठी बुढाबुढीका लागि समेत सहयोगी हुन्छ । किनकी यसमा आफू जानुपर्ने ठाउँको नक्सा पहिले नै सेट गरिसकेपछि बाटोमा हिँड्दा यसले बाटो पहिल्याइदिने र गलत बाटोमा गएमा सूचना दिने गर्छ ।

smart-cane-2

मोबाइल एपबाट नियन्त्रण हुने यो लठ्ठीमा स्पिकर र माइक्रोफोनको पनि ब्यबस्था गरिएको छ जहाँबाट प्रयोगकर्ताले सिधै फोनमा कुराकानी पनि गर्न सक्छन् ।

यो स्मार्ट लठ्ठीको मूल्य ५५ अमेरिकी डलर अर्थात करिव ६ हजार रूपैयाँ पर्छ । अलिबाबा, अमेजन लगायतका अनलाइनबाट पनि यो लठ्ठी किन्न सकिन्छ ।

smart-cane-4

आयो मानिसको दिसा धोइदिने स्मार्ट ट्वाइलेट

 toilet-1

कुनै व्यक्ति जब यो ट्वाइलेटको नजिक आउँछ यो आफै खुल्दछ । मानिस भित्र पसेर शौच गरी जब बाहिर निस्कन्छ यसले स्वचालित रुपमा फ्लस हान्छ अनि सफा गर्दछ ।

ट्वाइलेटले आफै फ्लस हान्ने र आफै सफा हुने सम्म त ठिकै थियो । तर यो ट्वाइलेटले मानिसको दिसा समेत आफै धोइदिन्छ, त्यो पनि तातो पानीले । मानिसको मलद्धार क्षेत्रमा यसले तातो पानीको स्प्रे हानेर धोइदिन्छ अनि ताप दिएर भिजेको अंग ओभानो पनि बनाइदिन्छ ।

यो स्मार्ट ट्वाइलेटको मूल्य झण्डै १० लाख रुपैयाँ रहेको छ । महंगो हुनाका बाबजुत यो ट्वाइलेटका ४ करोड मोडेल बिकिसकेका छन् ।

toilet-2

स्यानिटरी सामानहरु निर्माण गर्ने जापानी कम्पनी टोटोले यो स्मार्ट ट्वाइलेट बनाएको हो ।

यो ट्वाइलेटको इलेक्ट्रोलाइज्ड पानीको स्प्रेको सहायताले आफैले आफुलाई सफा गरेर ब्याक्टेरिया सबै नष्ट गर्दछ । साथै यसको सतहमा पनि केही टाँसिदैन र सफा हुन्छ किनकी यो कमोटको सतहमा टाइटानियम डाइअक्साइड र जिर्कोनियमको लेपन रहेकेा छ । यसको मतलब यसलाई वर्षदिनसम्म सफा नगरेपछि यसमा केही टाँसिनेवाला छैन ।

तर यो ट्वाइलेटले कमोटको भित्री हिस्सा मात्र सफा गर्छ । ट्वाइलेटको बाहिरी हिस्सा भने मानिस आफैले सफा गर्नुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?