Breaking News

मंसिर ५ गतेदेखि अनिश्चितकालिन बन्द गर्ने थारु समुदायको निर्णय

Feb Tue 2020 05:40:43

444 views

मंसिर ५ गतेदेखि अनिश्चितकालिन बन्द गर्ने थारु समुदायको निर्णय
 सरकारले आफूहरुका माग सुनुवाइमा कुनै चासो नदेखाएको भन्दै थारु समुदायले मंसिर ५ गतेदेखि चितवनदेखि कञ्चनपुरसम्म अनिश्चितकालिन बन्द गर्ने भएका छन् । दांगको लमहीमा आज भएको छलफलपछि थारु अगुवाहरुले आन्दोलनका कार्यक्रमलाई थप सशक्त बनाउने निर्णय गरेका हुन् । थरुहट–थारुवान प्रादेशीक संयुक्त संघर्ष समिति चितवन–कञ्चनपुरले माग पूरा गराउन सरकारलाई दवाव दिने उद्देश्यले थप संघर्षका कार्यक्रम घोषणा गरिएको जनाएको छ । यसअघि थरुहट–थारुवान संयुक्त संघर्ष समितिको नामबाट आन्दोलन हुँदै आएपनि अहिले नयाँ नामाकरण गरेर आन्दोलन गर्न लागिएको हो । संघर्ष समितिका केन्द्रीय अध्यक्ष धनिराम चौधरी कैलाली घटनापछी लुकेर बस्दै आएपछी आन्दोलन कमजोर भएको भन्दै थप शसक्त बनाउन याँ नामबाट आन्दोलन गर्न लागिएको बताइएको छ ।

समितिले मंसिर ४ गते साँझ मसाल जुलुस प्रदर्शन गर्ने र ५ गतेदेखि आम हड्ताल गर्ने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?