Breaking News

आधा भन्दा बढी महिला कार्यलयमा यौन शोषणामा पर्ने गरेको खुलासा

Feb Wed 2020 02:40:23

518 views

आधा भन्दा बढी महिला कार्यलयमा यौन शोषणामा पर्ने गरेको खुलासा

आधा भन्दा बढी महिला कामदारहरु कार्यलयमा यौन शोषणमा पर्ने गरेको तर यस विरुद्ध आवाजसमेत नउठाउने एक अध्ययनले देखाएको छ। बेलायतको टियुसी नामक एक कम्पनीले गरेको अध्ययनले महिलाहरुले कार्यलय समयमा  मालिक तथा सहकर्मीबाट यौनशोषण हुने गरेको देखाएको हो। करिब १५ हजार महिला कामदारमा गरिएको उक्त अध्ययनमा सहभागी ५२ प्रतिशत महिलाले आफू योैन शोषणमा पर्ने गरेको बताएका थिए। अधिकांशले कसैले जोकका रुपमा त कसैले छोएरै त्यस्तो कार्य गर्ने गरेको बताएका थिए ।

टियुसीकी प्रमुख फ्रान्सेस ओ ग्राडेले यस्तो खाले शोषणबाट महिलाले आफूलाई लज्जित तथा असुरक्षित महशुस गर्ने बताइन्। उनले भनिन्, ‘ हामी कार्यलयमा काम गर्न गएका हुन्छौं र त्यहाँ हाम्रो कामका साथै हाम्रो पनि इज्जत गरियोस् तर यस्ता खाले व्यवहारले हामीमा एक प्रकारको नैराश्यता उत्पन्न गरिदिन्छ।’ उनले महिला विभिन्न प्रकारले शोषित भएको बताइन् ।

उनले भनिन्, ‘ कसैले महिलासँग हात मिलाउने नाममा त कसैले उनीहरुमाथि गलत हेराइले र कसेैले नराम्रो प्रतिक्रियामार्फत यौन शोषण गर्ने गर्छन्। उनले महिलालाई तलब तथा सेवा सुविधा बढाइ दिने बहानामा पनि यौन शोषण हुने गरेको बताइन् । उक्त अध्ययनमा सहभागी ७९ प्रतिशत महिलाले आफूमाथि यौनशोषण हुने गरेको र जागिर गुमाउने तथा इज्जत जाने डरले त्यसको प्रतिवाद नगरेको बताएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?