Breaking News

वृहस्पतीका नयाँ तस्वीर सार्वजनिक

Feb Tue 2020 05:40:59

294 views

वृहस्पतीका नयाँ तस्वीर सार्वजनिक

सन् २०१८ को फेब्रुअरीमा भूउपग्रह जूनो बृहस्पतीमै नष्ट हुने

अमेरिकी अन्तरीक्ष संस्था नासाले सौर्यमण्डलको सबैभन्दा ठूलो ग्रह बृहस्पतीका जूनो नामक भूउपग्रहबाट खिचिएका नयाँ तस्वीरहरु गरेको छ । यी तस्वीरहरुमा वृहस्पतीको दुबै ध्रुवमा ग्यासका ठूला ठूला बादलहरु घुमिरहेको देखिने नासाले जनाएको छ । यसअघि वृहस्पती ग्रहका कुनैपनि तस्वीरमा यस्ता बादल देखिएका थिएनन् ।

गत जुलाई ५ मा वृहस्पतीको कक्षमा स्थापित भएसँगै जूनो नाम स्याटेलाइट पहिलोचोटी बृहस्पतीको नजिक नजिक पुगेर उक्त ग्रहका विभिन्न खाले तस्वीर तथा अनय जानकारीहरु संकलन गरेको छ ।

बृहस्पतीको उत्पत्ति तथा विकाशका साथै सौर्यमण्डलको रहस्य पत्ता लगाउनका लागि नासाले जूनो नामक भुउपग्रह प्रक्षेपण गरेको थियो । बृहस्पतीको कक्षमा रहँदा यो स्याटेलाइटले ग्रहको बनावट, तापक्रम, गति लगायतका तथ्यहरु पत्ता लगाउनेछ ।

जूनो अहिले एक अण्डाकार मार्गमा घुम्दै बृहस्पतीको नजिकबाट गुज्रिरहेको छ । यसलाई वृहस्पतीको एकपटक परिक्रमा गर्न ५३ दिन लाग्दछ । सन् २०१८ को फेब्रुअरीमा जूनो बृहस्पतीमै नष्ट हुनेछ । त्यसअघि सम्म यसले यो ग्रहका बारेमा विभिन्न महत्वपूर्ण जानकारी जुटाउने विश्वास वैज्ञानिकहरुको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?