Breaking News

होशियार रहनुहोस! फेसबुकमा स्टाटस, फ्रेण्ड रिक्वेष्ट एसेप्ट गर्दा हातमा हतकडी लाग्न सक्छ

Feb Tue 2020 05:40:49

434 views

होशियार रहनुहोस! फेसबुकमा स्टाटस, फ्रेण्ड रिक्वेष्ट एसेप्ट गर्दा हातमा हतकडी लाग्न सक्छ

साईबर अपराधको दायरामा रहेका स्टाटसलाई लाईक मात्र गर्दा तपाईँलाई हतकडी लाग्न सक्छ । लाईक मात्र नभई अपरिचितले पठाएका फ्रेण्ड रिक्वेष्ट एसेप्ट गर्दा झनै ठुलो अपराधको भागिदार बन्नुहोला । सँगठित अपराधमा संलग्नले पठाएको फ्रेण्ड रिक्वेष्ट एसेप्ट गर्दा वा तपाईँले त्यस्ता व्यक्तिलाई साथी मात्र बनाउँदा कानूनी नजरमा दोषी ठहर हुने साईबर कानुन रहेकाले सावधान रहन प्रहरीले सचेत गराएको छ । 

पहिचान लुकाएर सामाजिक सञ्जाल फेसबुक, ट्विटर लगायतका माध्यम मार्फत अपराधजन्य गतिविधि गर्नेहरूका लागि दुःखद खबर । अब पहिचान लुकाएकै भरमा कानुनी कारबाहीबाट उम्कने सम्भावना समाप्त भएको छ । अब अपराधीले प्रयोग गरेका पेनड्राइभ, मेमोरी कार्ड वा मोबाइलमा प्रयोग भएका डाटालाई समेत रिकभरी अर्थात डिलिट गरिएका डाटाहरु समेत पुनः निकालेर सूचनाहरु फेला पार्न सकिने भएको छ । त्यतिमात्र नभई प्रहरीले भर्रखरै स्थापना गरेको डिजिटल फरेन्सिक ल्याबले फेक एकाउन्ट मार्फत समाजिक सञ्जाल चलाउने व्यक्तिको पहिचान गर्न सक्ने छ ।

vlcsnap-2016-01-13-19h53m43s123 साथीले पोष्ट गरेका हरेक स्टाटसमा लाईक गर्ने बाँनी छ भने आजै सुधार्नुहोला । किनकी साईबर अपराधको दायरामा रहेका स्टाटसलाई लाईक मात्र गर्दा तपाईँलाई हतकडी लाग्न सक्छ । लाईक मात्र नभई अपरिचितले पठाएका फ्रेण्ड रिक्वेष्ट एसेप्ट गर्दा झनै ठुलो अपराधको भागिदार बन्नुहोला । सँगठित अपराधमा संलग्नले पठाएको फ्रेण्ड रिक्वेष्ट एसेप्ट गर्दा वा तपाईँले त्यस्ता व्यक्तिलाई साथी मात्र बनाउँदा कानूनी नजरमा दोषी ठहर हुने साईबर कानुन रहेकाले सावधान रहन प्रहरीले सचेत गराएको छ । प्रविधिको प्रयोगमार्फत गम्भीर प्रकृतिका अपराध बढेसँगै अनुसन्धानलाई प्रमाण र परिमाणमुखी बनाउन प्रहरी प्रधान कार्यालयले डिजिटल ल्याब प्रयोगमा ल्याएको छ । यसले कम्प्युटर, मोबाइल अनि नेटवर्कमार्फत अपराधजन्य गतिविधि गर्नेलाई चिन्न सहज बनाएको छ । सामाजिक सञ्जालमार्फत हुने अपराधजन्य घटनाको उजुरी बढेपछि प्रहरीले २०६६ बाटै साइबर क्राइम सम्बन्धी घटनाको अनुसन्धान थाले पनि परीक्षण किट र ल्याब भने थिएन । प्रमाणित सफ्टवेयरको अपराधमा संकलन हुने प्रमाणको आधिकारिकताको अभावमा अभियुक्तले सजायबाट उन्मुक्ति पाउने सम्भावना उस्तै थियो । अपराध अनुसन्धान विभागको तथ्यांकअनुसार प्रत्येक वर्ष ३० हाराहारीमा प्रहरीमा साइबर अपराधसम्बन्धी उजुरी आउने गरेका छन् । २०७०–७१ मा ३९ वटा र ०७१–७२ मा ३५ वटा यस्ता उजुरी परेका थिए । प्रहरीमा पर्ने यस्ता उजुरीमध्ये अधिकांश सामाजिक सञ्जालसँग सम्बन्धित हुने गरेको छ । ल्याब स्थापनासँगै प्रविधिजन्य सामग्री पेन ड्राइभ, मोबाइल, कम्प्युटरको तथ्यांक, सामाजिक सञ्जाल, इमेल र कम्प्युटर प्रयोगकर्ताको पहिचान र त्यसको प्रयोग गरी भएको आपराधिक गतिविधिको फेहरिस्त संकलन सहज बनेको प्रहरी अधिकारी बताउँछन् । जानकार अधिकारीका अनुसार मोबाइल फरेन्सिक सफ्टवेयर प्रयोगबाट अनुसन्धानको दायरामा तानिएको मोबाइलमार्फत भएका गतिविधि, तथ्यांक र प्रमाण संकलन गर्न सकिनेछ । अब प्रहरी डण्ठे रहेन । हरेकजसो अपराधमा प्रविधिको प्रयोग हुन थालेपछि आफुलाई रुपान्तरण गर्दै प्रहरीले अनुसन्धानमा प्रविधि र दक्ष जनशक्तिको प्रयोगमा जोड दिन थालेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?