होशियार ! सामाजिक सञ्जालको दुरुपयोग गर्नेलाई ५ वर्ष जेल र दुई लाख जरिवाना हुने
Feb Wed 2020 02:40:55
833 views
महानगरीय अपराध अनुसन्धान महाशाखाले पछिल्लो समय सामाजिक सञ्जालको दुरुपयोग बढेको भन्दै अपरिचित व्यक्तिहरुले पठाएको ‘फ्रेण्ड रिक्वेष्ट एसेप्ट’ नगर्न सर्वसाधारणलाई अपिल गरेको छ ।
साथै, जनमानसमा भ्रम सिर्जना गर्ने कुरा लेखेर विभिन्न व्यक्तिलाई अपमान एवं गाली गलौज गरी कमेन्ट गर्ने जस्ता गतिविधि नगर्न पनि महाशाखाले सचेत गराएको छ ।
महाशाखाका प्रमुख एसएसपी धिरजप्रताप सिंहले त्यस्ता प्रकारको गैरकानुनी काम गर्नेलाई विद्युतीय कारोबार ऐन, २०६३ बमोजिम दुई लाख रुपैयाँसम्म जरिवाना वा ५ वर्ष कैद वा दुवै सजाय हुन सक्ने भन्दै सामाजिक सञ्चालन चलाइदिन संयमता अपनाउन अपिल गरे ।
महाशाखाले एक विज्ञप्ति जारी गर्दै भनेको छ, ‘विगत केही समयदेखि सामाजिक सञ्जालहरु फेसबुक, ट्वीटर, भाइबर, इमो, इन्टाग्राम लगायतका सामाजिक सञ्जालमा रहेका फोटाहरु तानेर त्यस्ता फोटाहरु विगारेर अश्लिल बनाएर पोष्ट गर्ने गतिविधि बढ्दै गएको छ ।’