आशिषले मनिषामाथि धेरै शंका गर्थे । मनिषाले कोही केटासँग बोल्न मात्रै पनि आगो हुन्थे । हामी घर फर्किएपछि मनिषाले आफ्नो मोबाइल स्विच अफ गरेकी थिइन् । त्यसपछि आशिषले मेरो मोबाइलमा फोन गरेर भने, ‘म मनिषाको घर सामान लिएर आउँदै छु । उसलाई भन्देऊ, आज जे पनि हुन सक्छ ।’ त्यती भनेर फोन राखे । त्यसबेला मैले मोबाइलको लाउडस्पिकर अन गरेको थिएँ । मनिषाले उसको सबै कुरा सुनेकी थिइन् । त्यो कुराहरु सुनेपछि मनिषाले डराएकी थिइन् । अनि त्यसको एकछिन पछि म आफ्नो घर गएँ । भोलीपल्ट बिहानै आशिषले मलाई फोन गर्दै भने, ‘मनिषालाई फोन उठाउन भन त, उसले रातिदेखि फोन नै उठाएको छैन ।’
नवलपरासी । शुक्रबार फुटबल खेलाडी विमल घर्तीमगरको नवलपरासीस्थित घरमा पुग्दा सन्नाटाको वातावरण थियो । मनिषाको शव लिएर आमा पनि काठमाडौं गइसकेकी हुनाले घरमा हजुरबुवा र फुपु आएर बसेका थिए । घरमा आफन्त, छिमेकी र साथीहरुको आउजाउ पनि चलिहरेको थियो । सबै शोकाकुल देखिन्थे ।
जोसँग कुरा गर्दा पनि मनिषाको शालिन स्वभावको प्रशंसा गरे । सबैको एउटै स्वर थियो, ‘मनिषाले आत्महत्या गर्नै सक्दिनन् । यो हत्या नै हो ।’
मनिषाका साथीहरुले उनको प्रेम सम्वन्धका केही नयाँ तथ्यहरु दिएका छन्, जसले घटनाको विषयमा निष्कर्षमा पुग्न सहयोग गर्छन् । हामीले सबैका भनाइलाई जस्ताको तस्तै पेश गरेका छौं ।
आशिषले भनेका थिए, आज जे पनि हुन सक्छ
सिलु सुनार, गाउँकी साथी
म र मनिषा अति मिल्थ्यौँ । घटनाको दिन बिहीबार पनि हामी यहीँ नजिकैको भगजनी भन्ने ठाउँमा घुम्न गएका थियौँ । मनिषा ११ कक्षाको अन्तिम परिक्षा दिएर आएकी थिइन् । परिक्षा सकिएपछि घुम्न निस्किने प्रस्ताव उनले पहिले नै राखेकी थिइन् । यो कुरा आशिष चौधरीलाई पनि थाहा थियो ।
हामी घुम्न जाँदा मनिषाको मोबाइलमा दिउँसो करिब २ बजे आशिषको फोन आयो । उनले फोनमा ‘कहाँ घुम्न गएकी छस ? किन गइस ? कोसँग गइस ?’ जस्ता विभिन्न प्रश्न गर्दै गाली गरे । त्यसपछि मनिषा र म घर फर्कियौं ।
आशिषले मनिषामाथि धेरै शंका गर्थे । मनिषाले कोही केटासँग बोल्न मात्रै पनि आगो हुन्थे । हामी घर फर्किएपछि मनिषाले आफ्नो मोबाइल स्विच अफ गरेकी थिइन् । त्यसपछि आशिषले मेरो मोबाइलमा फोन गरेर भने, ‘म मनिषाको घर सामान लिएर आउँदै छु । उसलाई भन्देऊ, आज जे पनि हुन सक्छ ।’ त्यती भनेर फोन राखे । त्यसबेला मैले मोबाइलको लाउडस्पिकर अन गरेको थिएँ । मनिषाले उसको सबै कुरा सुनेकी थिइन् । त्यो कुराहरु सुनेपछि मनिषाले डराएकी थिइन् । अनि त्यसको एकछिन पछि म आफ्नो घर गएँ । भोलीपल्ट बिहानै आशिषले मलाई फोन गर्दै भने, ‘मनिषालाई फोन उठाउन भन त, उसले रातिदेखि फोन नै उठाएको छैन ।’
फिल्म हेर्न जाने योजना थियो
सोना पटेल, कलेजकी साथी
मनिषासहित हामी ४ जना साथीहरुको ग्रुप थियो । हामी जति बेला पनि सँगै हुन्थ्यौं । अशिष दाइ कलेजको क्यान्टिनमा आउनुहुन्थ्यो र मनिषालाई बोलाउनुहुन्थ्यो । मनिषा र अशिष दाइको क्यान्टिनमा भेटघाट हुन्थ्यो ।
अशिष दाइले मनिषालाई कहिँ पनि जान दिनुहुन्थेन । कोही केटासँग बोल्न पनि दिनु हुन्थेन । कलेजमा पनि मनिषा कोही केटासँग बोल्यो भने कराउनु हुन्थ्यो । घटनाको दिन हाम्रो परिक्षा सकिएको थियो । र, हामी ४ जना घर आउँदै थियो ।
अनि मनिषाले ‘आज धेरै दिनपछि बल्ल फेसबुक चलाउन पाएको छु सबैजना फेसबुकमा अनलाइन आउन है’ भन्दै थिइन् । आशिष दाइले मनिषाको परिक्षा बिगि्रन्छ भन्ने बहानामा फेसबुकको पासवर्ड परिवर्तन गरिदिनुभएको रहेछ । आज पासवर्ड दिनुभएको छ भन्दै थिइन् मनिषाले । बाटोमै मनिषाले २८ गते नयाँ फिल्म लाग्छ हेर्न जाउँ न भनिन् । हामी सबैले ल हुन्छ भन्यौ र छुटि्टयौं ।
उनीहरु दुईजना बीच दुईतर्फी प्रेम सम्बन्ध थियो । तर, आशिष दाईले मनिषमाथि बढी शंका गर्नुहुन्थ्यो । तर, मनिषा निकै सोझी थिइन् । अरु केटाहरुसँग बोल्न इन्ट्रेस्ट पनि थिएन मनिषालाई । कहिलेकाहीँ झगडा भयो भने आशिष दाइले मनिषाले दिएका गिफ्टहरु फुटाल्दिने, फर्काइदिने जस्ता कामहरु गर्नुहुन्थ्यो । अनि रिसाएको बेला दुवै जनाले हात काट्थे । मनिषाले आशिषलाई नै माया गर्छु भन्थिन् । तर, मलाई लाग्दैन कि मनिषाले आत्महत्या गर्न सक्छ । मनिषा त मर्नबाट निकै डराउँथिन् ।
मृत्युसँग डराउँथिन्
माया भुसाल, मनिषाकी फुपु
मनिषा मेरो घरमा गइरहन्थी । मेरो घर पश्चिम कपिलवस्तुमा पर्छ । वैशाख १० गते पूजा थियो । मनिषा मेरो घर पूजामा आएकी थिइन् । आशिषसँग प्रेम सम्बन्ध थियो । कहिलेदेखि थियो भन्ने थाहा छैन ।
तर, मनिषा मेरो घर बस्दा उसको फोन आएको थियो । मैले कसको फोन हो भनेर सोध्दा उसले दाइको साथीको भनेकी थिइन् । अनि मैले तिमीहरुको सम्बन्ध के छ भनेर सोध्दा उसले यस्तै (?) सम्बन्ध हो भनेकी थिइ ।
मनिषा मृत्युको कुराबाट डराउँथी । मान्छेहरु किन आत्महत्या गर्छन् होला, म त यस्तो सोच्न पनि सक्दिन भन्थी ।
आत्महत्या हुनै सक्दैन
बहबहादुर थापा, छिमेकी
मनिषा निकै असल सोझी केटी थिइन् । धेरै नबोल्ने, घरबाट बढी बाहिर नहिँड्ने स्वभाव थियो । मनिषाले आत्महत्या गरेको भन्ने पनि हल्ला छ, तर मलाई विश्वास लाग्दैन कि मनिषाले आत्महत्या गर्न सक्छिन् । घाँटीमा, तिघ्रा र ढाडमा निलो डाम देखिएको छ । शवको प्रकृति हेर्दा घाँटी अठ्याएर हत्या गरेको जस्तो लाग्छ । झुण्डिएर आत्महत्या गरेको हो भने ढाड र खुट्टामा केको डाम हो ?
घरको विजुली मेन स्विच अफ थियो । घरको ढोकामा बाहिरबाट कसरी चुक्कुल किन लाग्यो जस्ता प्रश्नहरु उब्जिएका छन् । घटनाको दिन आशिष चौधरीले मादकपदार्थ सेवन गरेका मैले सुनेका थिएँ । चौधरी दिनभरी घर वरपर मोटरसाइकलमा हिँडिरहेका थिए । घटना हुँदा बाहिर छिमेकीहरु कसैले केही पत्तो पाएनन् ।
मेरो सबै स्याहारसुसार गर्थिन्
नरबहादुर धर्ती मगर, मनिषाको हजुरबा
म घटनाको दिन छोरीको घर चितवन गएको थिएँ । चितवन जाँदा नातिनीले वुवा धेरै दिन नबस्नुहोला, २/३ दिनमै फर्किनुहोला है भनेकी थिइ । झोलामा लुगाफोटो उसैले राखिदिएकी हो । ५ सय रुपैयाँ पनि दिएकी थिइन् ।
मैले चप्पल लगाएर जान खोज्दा मनिषाले चप्पल लगाए जाने होइन भन्दै चप्पल फालदिई । र, विमलको जुत्ता लगाइदिएकी थिइन् मेरी नातिनीले । यदि म त्यो दिन घरमै बसेको सायद यस्तो हुने थिएन होला ।
मेरो नातिनी साह्रै असल थिइन् । धेरै नबोल्ने, धेरै हिँडडुल नगर्ने बानी थियो । मलाई औधी माया गर्थी । बिहान-बेलुका मलाई खाना-पानी दिन्थिन् । बाल्यकालमा विमल र मनिषाको स्याहारसुसार मैले नै गरेँ। अहिले मलाई बुढेसकालमा स्याहार सुसार नातिनीले गर्थिन् ।
News Source : Onlinekhabar.com