Breaking News

खानीखोला हाइड्रोको सेयर बाँडफाड, न्युनतम १० कित्तादेखि १६ कित्तासम्म

Feb Tue 2020 05:40:52

225 views

खानीखोला हाइड्रोको सेयर बाँडफाड, न्युनतम १० कित्तादेखि १६ कित्तासम्म

ललितपुरको दक्षिणी भेग अवस्थित भट्टेडाँडामा निर्माण भएको खानीखोला हाइड्रोपावर कम्पनीले निष्काशन गरेको साधारण शेयर बाँडफाट भएको छ । शेयर निष्काशन तथा विक्री प्रबन्धक सिभिल क्यापिटलले ९९ वटा मोडल प्रयोग गरेर शेयर बाँडफाट गरेको जानकारी दिएको छ । जसमा ६१ गुणाभन्दा बढी आवेदन परेको थियो । सर्वसाधारणका लागि निष्काशन गरेको खानीखोला हाइड्रको शेयरमा ५५ हजार रुपैयाँसम्मको आवेदन दिने लगानीकर्ताले गोला प्रथामा जम्मा १० कित्ता शेयर पाएका छन् । ५६ हजार देखि ५९ हजार रुपैयाँसम्मको शेयर माग गर्ने आवेदकहरु कम भएकाले उनीहरुले पनि स्वतः १० कित्ता पाएका छन् । त्यस्तै ६० हजारको शेयर भर्नेले गोला प्राथाबाट १० कित्ता, ६१ देखि ६८ हजार रुपैयाँसम्मको शेयर भर्नेले पनि १० कित्ता तथा ६९ हजार रुपैयाँदेखि बढीको सेयर माग गर्ने लगानीकर्ताले भने प्रतिशतका आधारमा शेयर पाएको जानकारी  दिइयो । सबैभन्दा बढी किता शेयर आवेदन दिनेले १६ कित्तासम्म सेयर पाएका छन् । ७ सय कित्ता शेयर माग गरेकाहरुले ११ कित्ता, ७ सय १० देखि ७ सय ६० माग गरेकाहरुले  १२ कित्ता ७ सय ७० देखि ८ सय २० माग गरेकाहरुले १३ कित्ता, ८ सय ३० देखि ८ सय ९० माग गरेकाहरुले  १४ कित्ता, ९ सयदेखि ९ सय ५० कित्तासम्म माग गरेकाहरुले १५ कित्ता शेयर पाएका छन् । ९ सय ६० देखि १ हजार कित्तासम्म शेयर माग गरेका लगानीकर्ताले १६ कित्ता शेयर पाएका छन् । यही २०७३ साल जेठ १६ देखि जेष्ठ १९ गतेसम्म कम्पनीले १०० रुपैयाँ अंकित दरका ९ लाख ३१ हजार ४ सय २९ कित्ता साधारण शेयर निष्कासन गरेको थियो । सर्वसाधारणको तर्फबाट रित पुगेका १ लाख ३० हजार वटा आवेदन परेका थिए ।शेयर नपाउनेहरुले लगानीकर्ताले पाँच दिन पछि पैसा फिर्ता पाउने सिभिल क्यापिटलले जनाएको छ । कम्पनी यो साधारण सेयर निष्कासन पश्चात चुक्तापूँजी ४६ करोड ५७ लाख १४ हजार रुपैयाँ पुग्नेछ । हाइड्रपावर कम्पनीले निष्काशन गरेको ९ लाख ३१ हजार ४ सय २९ कित्ता सेयरमध्ये यसअघिनै ४६ हजार ५ सय ७१ कित्ता सामूहिक लगानी कोष र १८ हजार ६ सय २९ कित्ता कर्मचारीका लागि छुट्याइ सकेको छ, भने आयोजना प्रभावित गाउँ भट्टेडाडा, इकुडोल र संखु गाविसका स्थानीयका लागि ४ लाख ६५ हजार कित्ता साधारण शेयर निष्कासन गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?