साइबर हमलाकारी देशहरुमा अमेरिका, रुस, चीन र इजरायल अगाडी
Feb Tue 2020 05:40:59
798 views
अमेरिका, रुस, चीन तथा इजरायल साइबर हमलाको क्षमताका आधारमा पहिलो श्रेणीका शक्तिहरु हुन् । विज्ञहरुका अनुसार इरान तेश्रो श्रेणीको साइबर हमलाकारी देश हो । युरोपेली देशका साइबर सेना दोश्रो नम्बरमा आउँछन् भने इरान तेश्रो नम्बरमा ।
रुससँग सबैभन्दा शक्तिशाली साइबर सेना छ ।
अमेरिकी राष्ट्रपती चुनावमा रुसी ह्याकरहरुले हस्तक्षेप गरेको आरोप लाग्ने गरेको छ । रुसी ह्याकरहरुले ह्वाइट हाउसमै साइबर हमला गरे । नेटो तथा पश्चिमी देशका मिडिया नेटवर्कहरु पनि रुसी ह्याकरको निशानामा परे ।
रुसले बताउन चाहन्छ कि ऊ विश्वको साइबर साम्राज्यको बादशाह हो । रुसमा भएको साइबर हमलामा एक खास समूहको नाम धेरै चोटि आयो । त्यसको नाम हो फेन्सी बियर ।
सन् २००७ मा रुसी ह्याकर्सले छिमेकी देश इस्टोनियामाथि ठूलो साइबर हमला गरे । ती ह्याकरहरुले इस्टोनियाका सयौँ वेबसाइट ह्याक गरी नियन्त्रणमा लिए । रुसी सरकारकै इशारामा उनीहरुले त्यसो गरेको बताइन्छ ।
अर्को वर्ष नै रुसी ह्याकरहरुले छिमेकी देश जर्जियाका कैयन् सरकारी वेबसाइटमा साइबर हमला गरी डाटा नष्ट गरिदिए । समाचार अनुसार ह्याकरको यस समूहले रुसको सैन्य इन्टेलिजेन्स चलाउँदछ । सोही ग्रुपले अमेरिकी राष्ट्रपति चुनावमा हस्तक्षेप गर्न सफल भएको बताइन्छ ।
इरान तेश्रो श्रेणीको साइबर हमलाकारी देश हो ।
इरान पनि ह्याकिङको दुनियामा ठूलो खेलाडि हो । इरानजस्ता देशमा सोसल मिडिया सरकारका विरुद्ध आवाज उठाउने ससक्त प्लाटफर्मको रुपमा रहने गरेका छन् । आफ्नो विरुद्ध बोल्नेहरुको मुख बन्द गर्नका लागि सरकारले नै ह्याकरहरुको प्रयोग गरी सोसल मिडिया प्रयोगकर्तामाथि समेत आक्रमण गर्दछ ।
सन् २००९ मा जब इरानमा सरकार विरोधी प्रदर्शन तिव्र बनिरहेको थियो । त्यसबेला सरकारी ह्याकरहरुले धेरै सोसल मिडिया अकाउन्ट ह्याक गरी आन्दोलनको पछाडि को को मानिस छन् भन्ने कुरा पत्ता लगाउन सफल भए । त्यसबाट धेरै मानिसहरुलाई पक्राउ गरी सरकारले आन्दोलन निस्तेज पार्न सफल भयो ।
उत्तर कोरिया, जहाँ साइबर ह्याकिङ सेना पूर्णरुपमा सरकारी छ
जासूसी एजेन्सी आरजिबी मातहत त्यहाँको ह्याकर सेना पनि रहेको छ । १३/१४ वर्षको उमेरदेखि नै बच्चाहरुलाई ह्याकरको तालीम दिइन्छ ।स्कुलबाटै प्रतिभाशाली विद्यार्थीहरुलाई छनोट गरी ह्याकर सेनामा भर्ती गराइन्छ ।