Breaking News

होशियार ! फेसबुक ह्याक फोटो र भिडियाको लिंक पठाएर यसरी हुन्छ

Feb Tue 2020 05:40:35

678 views

होशियार ! फेसबुक ह्याक फोटो र भिडियाको लिंक पठाएर यसरी हुन्छ
सविन ढकाल/पहिलोपोस्ट म एकदमै समस्यामा परेको छु। मसँग मोबाइलमा व्यालेन्स छैन, तुरुन्तै पाँच सय रुपैयाँको रिचार्ज नम्बर पठाइदिनुहोला,' रमेश कुँवरले यो म्यासेज आफ्नो म्यासेन्जरबाट करिव २ सय जना साथीभाइलाई पठाए। कतिले यो म्यासेजको रिप्लाइ नै गरेनन्। तर, धेरै जनाले फेसबुक प्रयोगकर्ताले म्यासेन्जरमा रिचार्ज नम्बर समेत पठाइदिए। यो म्यासेज पठाउने रमेश भए पनि त्यो फेसबुक एकाउन्ट भने उनको थिएन। अरुकै फेसबुक ह्याक गरेर उनका फेसबुकमा भएका साथीभाइलाई पठाइएको थियो म्यासेज। त्यो पनि सुदूर पश्चिमको विकट ठाउँबाट। अरुकै फेसबुक ह्याक गरेर म्यासेज गएको प्रहरी अनुसन्धानबाट खुलेको छ।

फेसबुक ह्याक हुनबाट कसरी बच्ने?

फेसबुक म्यासेन्जरमा अपरिचितले पठाएको कुनै पनि भिडियो वा फोटोको लिंक नबुझी नखोल्नु होला। ब्लु रङको लिंक आए झनै नखोल्नुहोस्। यस्तो रङको लिंक ह्याकरले प्रयोग गर्नेगर्छन्। समय समयमा आफ्नो फेसबुकको पासवर्ड परिवर्तन गरिराख्न प्रहरीले सुझाव दिएको छ।
२२ वर्षीया रमिता पोख्रेल (नाम परिवर्तन)  केही समयदेखि तनावमा थिइन्। उनको फेसबुक एकाउन्टबाट जथाभावी अश्लिल फोटा पोस्ट हुन थालेका थिए। उनलाई पत्तै थिएन- कसले फोटो अपलोड गरिरहेको छ। केही नलागेपछि उनी महानगरीय प्रहरी अपराध महाशाखा पुगिन्। उनको फेसबुक एकाउन्ट अरुले नै ह्याक गरेर अश्लिल फोटा पोस्ट गरिरहेको खुल्यो।
***
महानगरीय अपराध महाशाखामा केही समय यता फेसबुक ह्याक भएको भन्दै उजुरी दिन आउनेको सङ्ख्या बढ्दै गएको छ। अहिले प्रत्यक दिन औशत १० जनाको उजुरी आउने गरेको प्रहरीले जनाएको छ। महाशाखामा साइबर अपराध सम्बन्धि विषय हेर्ने प्रहरी निरीक्षक लीला डाँगी भन्छन्, 'केही समयदेखि फेसबुक ह्याक र यस सम्बन्धित हुने अपराधहरु बढेका छन्।' विभिन्न व्यक्तिको फेसबुक ह्याक गरेर अश्लिल फोटो पोस्ट गर्ने र रमाइलो लिनेहरुको सङ्ख्या बढी रहेको छ। यसरी ह्याक भएकामध्ये केहीले आर्थिक अपराध र बार्गेनिङ समेत गर्ने गरेको निरीक्षक डाँगी बताउँछन्। उनी भन्छन्, 'धेरै जसोले कसरी ह्याक हुन्छ भनेर उत्सुक भएर पनि गर्ने गरेको पाइयो।' यसरी अहिलेसम्म प्रहरीले नियन्त्रणमा लिएका केही व्यक्ति आइटी पढ्दै गरेको भेटिएका छन्। फेसबुक ह्याक गर्ने उपायहरु इन्टरेनटमा सहजै पाउने भएकाले पनि किशोर किशोरीसमेत ह्याकिङको टेस्टमा लागेका हुन सक्छन्। उनीहरुले सिक्न प्रयोग गरे पनि ह्याकिङको सिकार हुनेहरु भने पीडित हुने गर्छन्।

लिंक पठाएर ह्याक

प्रविधिको विकाससँगै फेसबुक ह्याक गर्ने प्रविधि पनि सहज बन्दै गएको छ। फेसबुक म्यासेन्जरमा लिंक पठाएर सबैभन्दा बढी ह्याक गरेको पाइएको छ। भिडियो र तस्बिरको लिंक पठाई त्यसमा क्लिक गरे ह्याकरलाई ह्याक गर्न सजिलो हुन्छ। निरीक्षक डाँगी भन्छन्, 'नेपालमा भिडियो र फोटोको लिंक प्रयोग गरी सबैभन्दा बढी ह्याक गरेको देखिन्छ।'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?