Breaking News

पुनर्निर्माणका लागि सरकारले २५७१ पदमा जागिरको आवेदन खुल्यो

Feb Tue 2020 05:40:11

344 views

पुनर्निर्माणका लागि सरकारले २५७१ पदमा जागिरको आवेदन खुल्यो

विनाशकारी भूकम्पपछिको पुनर्निर्माणका लागि सरकारले ठूलो संख्या जागिर खोलेको छ । शुक्रबार सार्वजनिक सूचना प्रकाशित गरी सरकार अन्तर्गतको शहरी विकास तथा भवन निर्माण विभागले भूकम्पीय आवास पुनः निर्माण कार्यक्रम तथा भूकम्प आकस्मिक सहायता आयोजनाका लागि २५७१ इन्जिनियर मागेको हो ।

जसमा इन्जिनियर, सब इन्जिनियर तथा असिस्टेन्ट सब इन्जिनियर पदका लागि आवेदन माग गरिएको छ ।

मान्यता प्राप्त शैक्षिक संस्थाबाट सिभिल इन्जिनियङि वा आर्किटेक्टमा स्नातक उत्तीर्ण गरी इन्जिनियरिङ काउन्सिलमा दर्ता भएकोले इन्जिनियर पदमा आवेदन दिनसक्नेछन् ।

सब इन्जिनियरका लागि पनि मान्यता प्राप्त शैक्षिक संस्थाबाट सिभिल इन्जिनियङि वा आर्किटेक्टमा स्नातक वा प्रमाणपत्र तह उत्तीर्ण गरेको र असिस्टेन्ट सब इन्जिनियरका लागि एसएसली पास गरी सम्बन्धित विषयमा तालिमप्राप्त वा प्राविधिक शिक्षालयबाट सम्बन्धित विषयमा टीएसएलसी कोर्स उत्तीर्ण गरेको हुनुपर्नेछ ।

यो अभियानमा देशैभरीबाट आवेदन भर्न सकिने तर, आवेदन फाराम शहरी विकास तथा भवन निर्माण विभागको सामान्य प्रशासन तथा जनशक्ति विकास शाखामा बुझाउनुपर्ने सूचनामा उल्लेख छ ।

प्राधिकरणमा जागिर खान इच्छा भएका इन्जिरियरिङका विद्यार्थीहरुले अनलाइनमार्फत १५ दिनभित्र शहरी विकास तथा भवन निर्माणमा आवेदन दिन सक्नेछन् । जागिर खान इच्छुकहरुले आफ्नो शैक्षिक योग्यताको प्रमाणपत्र बुझाएर अन्तवार्ता दिए पुग्छ । लिखित परीक्षा दिइरहनु पर्नेछ ।

आवेदन मागिएका यी इन्जिनियरहरुलाई करार सेवामा भूकम्प प्रभावित १४ जिल्लाहरुमा खटाइने छ ।

हेर्नुस् सार्वजनिक सूचनाः

Vacancy

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?