Breaking News

उज्जु डार्लिङसँग प्रेम र रोमान्सका कुरा

Feb Wed 2020 02:40:59

987 views

उज्जु डार्लिङसँग प्रेम र रोमान्सका कुरा

कसरी दिन बिताउनुहुन्छ? प्रेम गरेर कि प्रेम गर्छु भन्नेहरूलाई आशा देखाएर?

प्रेमबिना दिन बित्ला र? कसै न कसैलाई त प्रेम गर्नैपर्छ। प्रशंसकहरू प्रेम गर्छु भन्छन्, तर कतिलाई गर्ने? अलि-अलि आशा त देखाइहाल्नुपर्छ नि।

कुनै त्यस्तो फ्यान छ, प्रेम गर्छु भनेर दिक्क बनाउने?

छ, पक्कै छ। एउटा फ्यानले बढी नै फोन गरेर हैरान बनाएको थियो। एकपटक भेट गरेपछि फोन नगर्ने वाचासहित कुरो टुङ्ग्याउने कुरा भयो। मैले सुटिङ स्पटमा बोलाएँ, ऊ त फूलको गुच्चा बोकेर पो आयो। त्यसपछि उसले आई लभ यू भन्यो बा !

यसरी प्रशंसकको मुटु तोडमरोड गर्न त भएन नि, एकपटक डेटिङ गएको भए के बिग्रन्थ्यो र?

के गर्नु, फ्यानको दिल नतोडे आफ्नो मुटु आफ्नो व्वाइफ्रेन्डले तोडिदिन्छ। बिचरा म। आफ्नो ब्वाइफ्रेन्डसँग त डेटिङ जान भ्याएको छैन।

कोसँग डेटिङ जाऊँ-जाऊँ हुन्छ?

उज्जु डार्लिङसँग पाए पक्कै जान्छु। ल टाइम फिक्स गरौं।

पहिलो चुम्बन कुन बेला भयो नि?

बाल्यावस्थामै भयो बुवा-आमालाई, ठूलो भएपछि कसलाई भयो भन्दिनँ तर स्वादिलो नै भयो।

तपाईंको चलचित्र छ एकान छ मा ६ जनालाई मायामा फसाउन खोज्नुभएको छ? के रियल लाइफमा पनि त्यसरी नै फसाउने हो?

होइन यार, रियल लाइफमा एक जनालाई फसाउने अनि त्यसपछि बाजा बजाउने।

ओखलढुंगा नै किन जाने हनिमुन?

म सानोमा बुवाको परिवारसँग गएको अनि रमाइलो लागेको ठाउँ। अहिले सम्झन्छु त्यस्तो ठाउँको हनिमुन पक्कै रमाइलो हुन्छ र सफल पनि, त्यसैले।

ह्वाट इज सेक्स? अनि यो किन आवश्यक छ?

यो व्याख्या गरिरहनुपर्ने विषय होइन जस्तो लाग्छ मलाई। स्वाद पाएकाहरूलाई थाहै छ। यो बिनाको जीवन कसरी कल्पना गर्ने र? मलाई अनुभव छैन, विवाहपछि यसको महत्त्व थाहा हुन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?