Breaking News

पर्यटकीय सौराहामा रहेको होटल ल्याण्डमार्क (फोटो फिचर सहित)

Feb Tue 2020 05:40:10

498 views

पर्यटकीय सौराहामा रहेको होटल ल्याण्डमार्क (फोटो फिचर सहित)
सुबिधासम्पन्न होटलहरु मध्यको एक हो  ल्याण्डमार्क फरेष्ट पार्क  ।a
 
पोखरामा ल्याण्डमार्क होटल संचालन गरिरहेको सम्राट ग्रुपले सौराहामा पनि सुबिधा सम्पन्न होटल विस्तार गरेको हो ।  सौराहा पुग्ने प्रत्येक पर्यटकको पहिलो रोजाई ल्याण्डमार्क होटलनै रहने गरेको सम्राट ग्रुपका प्रबन्ध निर्देशक सीएन पाण्डेले जानकारी दिए ।aa
 
‘हामीले गुणस्तरीय सेवा दिएका छौ साथै हामी  खर्च गर्ने क्षमता भएका स्तरीय पर्यटकलाई लक्षित गरेका छौ ’ पाण्डेले भने-‘चितवन राष्ट्रिय निकुञ्जको नजिकै रहेको होटलले स्तरीय पर्यटकलाई तान्ने बिश्वास लिएका छौं ।’ चितवन राष्ट्रिय निकुञ्जका जनावर, चराचुरुङ्गी, सामिप्यमा रहेको राप्ती नदी, त्यहाँबाट देखिने मनमोहक सूर्योदय र सूर्यास्तको दृश्य, आदिबासी थारु समुदायको सांस्कृति रहनसहन फरेष्ट पार्कको आकर्षण बन्ने पाण्डेले बताए ।azs
चितवनको ल्याण्डमार्क फरेष्ट पार्कमा करिव २० करोड लगानी भएको सम्राट ग्रुपले जनाएको छ । यसअघि पोखराको ल्याण्डमार्क होटलमा करिव ४० करोड लगानी भइसकेको र पोखरा ल्याण्डमार्कमा अझै स्तरबृद्धिको तयारी भइरहेको ग्रुपले जनाएको छ ।fdsg
 
करिव डेढ बिगाहा क्षेत्रमा स्थापित होटलमा ४६ वटा वातावरनुकुलित कोठा छन भने दुईवटा सुइट छन् । अन्तराष्ट्रिय र राष्ट्रिय खाना उपलब्ध गराउने रेस्टुरेन्ट, बार, सेमिनार कक्ष, वातावरण मैत्री आर्कषक वगैँचा, पौडी पोखरी लगायतका सुबिधा यसमा रहेका छन् ।poik
 
होटलमा सिंगल बेडका लागि ९५ अमेरिकी डलर, डवल बेडका लागि ११५, लन्चका लागि १५ र डिनरका लागि १८ डलर दर राखिएको छ ।
roomsewa
 
बिगत २ दशकदेखि पर्यटन क्षेत्रमा सक्रिय सम्राट ग्रुपले ल्याण्डमार्क होटललाई काठमाण्डौं र लुम्बिनीमा पनि विस्तार गर्ने योजना बनाएको सम्राट ग्रुपका प्रबन्ध निर्देशक सीएन पाण्डेले जानकारी दिए ।   
 ( फोटाहरु हेर्नुस )e  jh  la nh oi p  pw q r  sdsas  trtr w wds
- See more at: http://www.rastriyakhabar.com/?p=49075#sthash.PlqI5XmB.DCweI1iB.dpuf

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?