Breaking News

भृकुटीमण्डपमा क्यान कमटेक २०१६ शुरु, आइसिटी विकासका लागि सूचना प्रविधिको प्रयोगमा जोड

Feb Tue 2020 05:40:55

322 views

भृकुटीमण्डपमा क्यान कमटेक २०१६ शुरु,  आइसिटी विकासका लागि सूचना प्रविधिको प्रयोगमा जोड

कम्प्युटर एशोसिएशन नेपाल महासंघ (क्यान महासंघ) को आयोजनामा भएको क्यान कमटेक प्रदर्शनीको सूचना तथा सञ्चार मन्त्री सुरेन्द्रकुमार कार्कीले उद्घाटन गरेर शुरु भएको छ ।

comtech क्यान कमटेक २०१६ उद्घाटनको अवसरमा बोल्दै सञ्चार मन्त्री कार्कीले नेपालमा सूचना प्रविधिको विकास र विस्तारमा क्यान महासंघले खेल्दै आएको भूमिकाको प्रशंसा र प्रदर्शनी सफलताको शुभकामना व्यक्त गरे । प्रमुख अतिथिसमेत रहेका माननीय मन्त्री कार्कीले ईन्फरमेशन टेक्नोलोजीलाई रोजगारीका दृष्टिकोणले मात्रै नहेरी व्यवहारगत दृष्टिकोणले पालना गर्नुपर्ने वताए । नेपाली भाषाको जगेर्ना र प्रवद्र्धनका लागि सूचना प्रविधिको उच्चतम प्रयोग गर्नुपर्ने वताउदै कार्कीले इन्टरनेटको विस्तारसँगै दुरुपयोग पनि रोक्नुपर्ने धारणा राखे ।

कार्यक्रममा दुरसञ्चार प्राधिकरणका अध्यक्ष दिगम्वर झाले सञ्चार प्रविधिको अहिलेको अवस्था काठमाडौंकेन्द्रित भएको भन्दै ग्रामीण क्षेत्रसम्म पंहँच विस्तार गर्नुपर्ने धारणा राखे । ब्रोडब्याण्ड नीति र आइसीटी नीति बनि सकेको वताउदै झाले त्यसको प्रभावकारी कार्यान्वयनमा लागेको वताए । कार्यक्रममा शीर्ष प्रयोजक सुबिसु केबलनेट प्रालिका अध्यक्ष सुधिर पराजुलीले सरकारले २०७३ को अन्त्यसम्ममा केवलहरु डिजिटल प्रशारणमा जानुपर्ने भएकाले सोहीअनुसार काम गरिरहेको बताए ।

comtech-can-2016

कार्यक्रममा बोल्दै क्यान महासंघका अध्यक्ष ई. विनोद ढकालले सूचना तथा संचार प्रविधिको विकास ग्रामीण भेगसम्म विस्तार नभएसम्म क्यान महासंघले बोकेको ई–नेपालको परिकल्पना साकार नह्ने वताए । सरकार प्रतिबद्ध भएर काम गर्ने हो भने ई–नेपाल बनाउन गाह्रो नहुने भनाईउ उनको छ । यदि नेपाल सरकारको सोच र काम गर्ने शैलीमा परिवर्तन ल्याउने हो भने आजको ५ वर्षमा ई–नेपालका बनाउन सकिने धारणा उनको थियो ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले महासंघमा आबद्ध वस्तुगत संघमध्ये क्यान महासंघले उदाहरणीय काम गरिरहेको वताउँदै अरु संघहरुले पनि यसबाट पाठ सिक्नुपर्ने वताए । त्यस्तै नेपाल चेम्वर अफ कमर्सका कार्यवाहक अध्यक्ष ज्ञानेन्द्ररत्न तुलाधरले प्रविधिको तिव्रतर विकासले नै व्यापार व्यवसाय फस्टाउने भएकाले प्रविधिको प्रयोग र विकासका प्राथमिकता दिनुपर्ने बताए ।inagurate-can-comtech

कार्यक्रममा सूचना प्रविधि विभागका महानिर्देशक बिरेन्द्र कुमार मिश्र, नेपालका लागि श्रीलंकाका राजदूत डब्लु एस पेरेरा लगायत क्यान महासंघका पूर्व अध्यक्षहरु पनि सहभागी थिए ।

  क्यान कमटेक २०१६ का आकर्षणहरु

प्रदर्शनीको आकर्षणको रुपमा सुचना तथा सञ्चार प्रविधिमा आधारित Electronic Security तथा Safety and Solution  का अत्याधुनिक उपकरण तथा सेवा उपलब्ध रहेका छन् जसका लागि छुट्टै Pavilion  को व्यवस्था रहेको छ । यस Pavilion  लाई ASPA Nepal सस्थाले व्यवस्थापन गरिरहेको छ, जसबाट अवलोकनकर्ता र सहभागी कम्पनीहरुले सहजता महशुस गरिरहेकोमा आशावादी छौ । उक्त Pavilion मा अवलोकनकर्ताहरुले Electronic Security तथा Safety and Solution का उपकरणहरु जस्तै CCTV, Access Control System, Sensor and Alarm, Staff Attendance, Fire and Smoke Detector, Fire Fighter  आदिका विषयमा जानकारी लिईराख्नुभएको छ । यस्तै सूचना प्रविधि विभाग, राष्ट्रिय सूचना प्रविधि केन्द्र, प्रमाणीकरण नियन्त्रकको कार्यलय, नेपाल दुरसञ्चार प्राधिकरण, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्श, ईन्टरनेट सेवा प्रदायक संघ जस्ता राष्ट्रिय तथा ASOCIO र WITSA जस्ता अन्तराष्ट्रिय संस्थाहरुले पनि यो प्रदर्शनीमा आवश्यक सहयोग पु¥याउनुहुनेछ ।

किल्यर टिभि तथा ईन्टरनेट सेवामा विषेश र आकर्षक योजना, सुबिसु क्यान कमटेक २०१६ को अर्को आकर्षण रहनेछ, सुबिसुको किल्यर टिभि सेवामा विभिन्न विधाहरु जस्तै Sports, Movies, Entertainment र  Adventure & Lifestyle मा ३०ं+HD र १००ं+Digital Channel उपलब्ध छन् ।

can-comteck

मेलामा सुबिसुले प्रदान गर्ने विभिन्न सेवाहरुका बारेमा अधिकतम जानकारी गराईनेछ । यस्तै “सुबिसु क्यान कमटेक २०१६ इन एसोसिएसन विथ सामसुङ” का एशोसिएट स्पोन्सर सामसुङले नेपालका लागि special feature Turbo speed technology, S-bike mode, ultra data saving mode, ultra power saving mode भएको J-Series  का फोनहरु प्रर्दशन गर्ने छ । मुख्य आकर्षणको रूपमा अवलोकनकर्ताहरुले नेपालमा पहिलो पटक सामसुङको नयाँ flagship phone Note 7 अनुभव गर्न सक्नुहुने छ साथै सामसुङको Virtual Reality Device (Gear VR)  को रोचक अनुभब समेत लिन सक्नुहुने छ । यसै गरी प्लाटिनम स्पोन्सर वेभसर्फरले वायरलेश इन्टरनेटको सुविधा दिइरहेको उपत्यका र उपत्यकाका नजिकका शहरहरुमा स्काइ केबल टिभी, मेघा केवल, नार्गाजुन केबल, चन्द्रागिरी डिजिटल केबल लगायतका विभिन्न केबल टिभीहरुसँग सहकार्य गरेर सस्तो, सुलभ तथा गुणस्तरीय इन्टरनेट र टेलिभिजन सेवा यसै प्रदर्शनी मार्फत ग्राहकहरु माझ पस्केको छ । EOC प्रविधी मार्फत दिइने यो सेवालाई कम्पनीले टिभीनेटको नाम दिएको छ । कम्पनीले उपलब्ध गराउने ब्रोडब्यान्ड राउटरबाटै ग्राहकले सस्तो मुल्यमा इन्टरनेट, टि.भी को साथै भविष्यमा इन्टरनेट फोनको समेत सुविधा पाउनेछन् । साथै यसै मेला मार्फत सार्वजनिक गरिएको टिभीनेट सेवाको ग्राहक बन्दा निःशुल्क जडान, निःशुल्क राउटरको साथै अरु थुप्रै आर्कषक छुट एवं अफरहरु प्रदान गरिरहेको छ यो पनि अर्को आकर्षणको रुपमा रहेको छ । यसै गरी डायमण्ड स्पोन्सर नेपाल टेलिकमले रु. ५०/- मा रु. ५०/- कै ब्यालेस् भएको जि. एस. एम. प्रिपेड सिम कार्ड पनि उपलब्ध गराउने र सो कार्य नेपाल टेलिकमको आधिकारिक बिक्रेता जानकि टेक्नोलोजीले गरिरहेको छ ।

प्रदर्शनीमा ईन्टरनेट सेवा प्रदायक कम्पनीहरुबाट विशेष छुट सहितको प्याकेज तथा High Speed Internet  उपलब्ध गराईरहेको छ भने टेलिफोन तथा मोबाईल फोन कम्पनीहरुले पनि आकर्षक अफर दिएको छ ।

बजारमा उपलब्ध कम्प्युटर हार्डवेयर सामाग्रीहरुमा पनि सहुलियतका साथ यस प्रदर्शनीमा उपलब्ध छ तथा नयाँ नयाँ प्रविधिमा आधारित मोबाईल फोन, ट्याबलेट तथा अन्य उपकरणहरु यस प्रदर्शनीमा उपलब्ध रहेको छ । Smart Technology को प्रबद्र्धनमा जोड दिनुको साथसाथै नेपाल सरकारले देशको प्रमुख शहरहरुमा अनिवार्य रुपमा Digital TV Transmission प्रणालीलाई लानु पर्ने लक्ष्य लिए अनुरुप सो सम्बन्धि जानकारी समेत उपलब्ध गराईने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?