Breaking News

इन्टरनेट चलाउँदा ध्यान दिनुपर्ने कुरा

Feb Tue 2020 05:40:50

1034 views

इन्टरनेट चलाउँदा ध्यान दिनुपर्ने कुरा
🖍 सुरेन्द्र पोखरेल हिजोआज इन्टरनेट सर्फिङ गर्न सबैलाई मन पर्छ । यो अहिलेको समयमा अपरिहार्यजस्तै बनिसकेको कुरा नकार्न सकिदैन । एक दिन नेटमा बसिएन भने पूरा संसारसँग सम्बन्ध छुटेको भान हुन थाल्छ ।यसरी हेर्दा इन्टरनेट धेरैका लागि आवश्यकता नै बनिसकेको छ  तर, धेरैजसो मान्छेहरूले नेट सेर्फिङको दौरान कुनै न कुनै अवाञ्छित समस्याहरूको सामना गरिरहेका छन ।अर्कोतिर च्याटिङको बेला चिटिङ गर्ने खालको अनावश्यक म्यासेज पनि आउन गरेका छन आफ्नो मेल बक्स पनि यस्तै अनावश्यक मेलले भरिएको पाइन्छ । कुनैकुनै मेलले मन लोभ्याउने गरी जरुरी अफरका साथ भाइरस पनि साथै एट्याच गरेर पठाएका हुन्छन् ।नेटमा सर्फिङ गर्नु त्यति गाह्रो कुरा हैन सानासाना कुराहरूमा थोरै पनि सतर्क रहेमा यो काम सहज हुन पुग्दछ । इन्टरनेटमा सेफ सफरिङ आजको पुस्ताले जान्नुपर्छ जानेर वा नजानेर इन्टरनेटमा सफर गर्दा पछी ठुलै असहज परिस्थिती निम्तन सक्छ । नेटमा सुरक्षित सर्फिङ गर्नका लागि केके कुरामा सावधानी अपनाउन जरुरी छ त ? इमेलमा हुन सक्ने खतरा : यदि नेट सर्फिङको दौरान तपाईंलाई कसैले यस्तै बेकारको चिज मेल गरेको भेट्टाउनुभयो भने उक्त मेल खोल्नु र जबाफ दिनुको साटो त्यस्ता मेल वा application हरूलाई तपाईं block गर्न सक्नुहुन्छ । यो कुरामा निकै ध्यान दिन जरुरी छ कि अञ्जान इमेलको साथ attachment का रूपमा नै सबैभन्दा धेरै भाइरस आउने खतरा रहन्छ । त्यसैले, उक्त मेलको एट्याचमेन्टलाई विनाजाँच कहिल्यै पनि डाउनलोड नगर्नुहोस् ।कुनैकुनै इमेल तपाईंलाई यति रकम चिठ्ठा पर्यो, यो यो पुरस्कार पर्यो भन्ने लाेभ देखाएर फसाउने खालका पनि आउँछन् र यसमा तपाईंको नाम ठेगानाका साथै अरु व्यक्तिगत जानकारी मागिएका हुन्छन् । यस्ता इमेलहरूमा लोभिएर कहिल्यै पनि रिप्लाई दिने नगर्नुहोस् । यसमा मात्र तपाईंहरूलाई ठग्नेबाहेक अरु केही हुँदैन । याद राख्नुहोस्, नकिनेको चिठ्ठा कहिल्यै पर्दैन । इमेल आक्रमणबाट सुरक्षित हुने सजिलो उपाय आफूले नचिनेका इमेलहरूलाई नखोलीकनै डिलिट गर्नु नै हो । के के सावधानी अपनाउने ? नेट सर्फिङ वा च्याटको दौरान अञ्जान मित्रहरूलाई आफ्नाे नाम, ठेगाना, फोननम्बर अनि बैङ्क अकाउन्ट नम्बरसम्बन्धी सही सूचना कहिल्यै पनि नदिनुहोस् । नेटमा बनाएका साथीहरूस“ग सकेसम्म एक्लै भेट नगर्नुहोस् । धेरैजस्तो साइट आजकाल पुरस्कार, सर्वेक्षण वा रजिस्ट्रेसनको बहाना बनाएर तपाईंको निजी सूचना, इमेल एड्रेस र पासवर्ड माग्ने गर्छन् । यसमा सतर्क हुनु जरुरी छ । यस्ता धेरैजसो साइटहरू आफै पनि कुनै न कुनै प्रोडक्टहरू बेच्ने कोशिस गर्छन् र इमेल डाटा सङ्कलन गरेर विज्ञापनदाता कम्पनीहरूलाई बेच्ने गर्छन् । अनलाइन शपिङको कारोबारसँग सम्बन्धित साइटहरू पनि यस्तो गर्ने गर्दछन् । त्यसैले, यिनीहरूसँग सावधान रहनुमा नै भलाइ छ । डाउनलोड गर्दा सतर्क रहनुहोस् इन्टरनेटसँग सम्बन्धित कुनै पनि यस्ता एप्लिकेशन जब तपाईं डाउनलोड गर्दै हुनुहुन्छ, जसमा डकुमेन्ट, तस्वीर, अडियो वा भिडियो आदि सेयर गर्न एक्सेस हुने गर्दछ । यस्ता एप्लिकेशनहरू डाउनलोड गर्नुभन्दा पहिला आफ्नाे जेन्युन एन्टिभाइरसद्वारा स्क्यान गर्नु जरुरी छ । साथै, जुन पायो त्यो सप्टवेयरहरू आफ्नाे कम्प्युटरमा डाउनलोड र इन्स्टल गर्ने पनि नगर्नुहोस् । त्यस्ता एप्लिकेशनहरू जसमा कुनै सिक्युरिटी सर्टिफिकेट छैन, त्यसले तपाईंको कम्प्युटरलाई हानी गर्नेबाहेक अरु काम गर्दैन । अरू केही महत्वपूर्ण कुराहरू आफ्नाे इन्टरनेट ब्राउजरमा popup block option active गरेर नचाहिने विज्ञापनहरू र सूचनाहरूमा नियन्त्रण पाउनुहोस् ।कुनै राम्रो Antivirus को प्रयोग गर्नुहोस् र त्यसलाई नियमित Update गर्दै गर्नुहोस् ।आफ्नाे कम्प्युटरको महत्वपूर्ण डाटाहरूको ब्याकअप राख्ने बानी गर्नुहोस् (डाटाहरूलाई छुट्टै डिस्क वा सिडीमा save गर्दै गर्नुहोस्) ।जब इन्टरनेटसम्बन्धी काम सकियो, तब इन्टरनेट connection लाई disconnect गर्न नभुल्नुहोस् ।कुनै साइबर क्याफेमा नेट चलाइसकेर फकिंदै हुनुहुन्छ भने ब्राउजरpassword, history clear र टेम्परेरी इन्टरनेट फाइलहरूलाई डिलिट गर्न नभुल्नुहोस् ।
  • सुरेन्द्र पोखरेल
MICTE विद्यार्थी सानोठिमी क्याम्पस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?