Breaking News

अब मेसिनले मान्छेको मुड बताइदिन्छ यसरी

Feb Tue 2020 05:40:41

740 views

अब मेसिनले मान्छेको मुड  बताइदिन्छ यसरी
मान्छेको भावना र मानसिक अवस्था बुझ्ने मेसिनको निर्माण भएको छ । डल्बी ल्याब्रोटरिजका प्रमुख वैज्ञानिक पोप्पी क्रुमका अनुसार अब केही समयमै योे मेसिनले काम गर्नेछ । ‘बौद्धिकता र ज्ञानेन्द्रियको मेल भएको कृत्रिम मेसिनले झुठा कुरा, उत्तेजना, हिंसात्मक अवस्थाबारे जानकारी राख्छ,’ वैज्ञानिक क्रुमले टे्रड सम्मेलनका बेला भनेका छन्, ‘अब नाटकीय तरिकामा अनुहारको फरक अवस्था देखाउने अन्त्य भयो । आखाको ठूलो सानो हुने प्रक्रियामा दिमागको अवस्था अध्ययन गरी उक्त मेसिनले काम गर्नेछ । आँखाको अवस्थाले मानसिक स्थिति कस्तो छ भन्ने ज्ञान दिन्छ । साथै यसले हाम्रो छालामा आएको तापमानको अवस्थाले पनि हामीले जोड दिएको कुरा र सामान्य रुपमा बताएको कुराको भेद छुट्याउने छ । हामीले फाल्ने कार्बनडाइअक्साइडको मात्राबाट पनि व्यक्तिको मानसिक सामञ्जस्यता थाहा हुनेछ । सानो सानो अभिव्यक्ति र सासमा देखिने रसायनको अवस्थाले भावनाबारे पत्ता लगाउने काम उक्त मेसिनले गर्छ । यस्तो विभिन्न अवस्थालाई ध्यानमा राखेर कृत्रिम बौद्धिकतायुक्त मेसिनले मानवीय स्वभावलाई नयाँ चरणमा बुझाउन गर्न मद्धत गर्नेछ । ‘एक हिसाबमा यो एकदम डरलाग्दो छ, अर्कोतर्फ यो एकदमै शक्तिशाली छ । हाम्रो भावनात्मक भिन्नतालाई यसले जोड्ने र बुझाउने काम गर्नेछ’ क्रुमले भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?