Breaking News

सर्टमा लगाउन मिल्ने मोबाइलभन्दा पनि सानो ‘एसी’

Feb Wed 2020 02:40:41

938 views

सर्टमा लगाउन मिल्ने मोबाइलभन्दा पनि सानो ‘एसी’
सोनीले मानिसको सर्टमा लगाउन मिल्ने मोबाइलभन्दा पनि सानो आकारको ‘एसी’ (एयर कन्डिशनर) बनाएको छ।‘रेओन पकेट’ नाम दिइएको उक्त एसीले मानिसलाई २४सै घण्टा शीतल गराइरहने कम्पनीले दावी गरेको छ। यसलाइ कुनै पनि प्रयोगकर्ताले गर्धनभन्दा तल्लो भागमा लगाउन सक्नेछन् जसका लागि कम्पनीले ब्याग समेत सानो ठूलो आकारमा बनाएको छ।‘रेओन पकेट’ नामक एसी थर्मोइलेक्ट्रिक पेल्टियर तत्वबाट बनेको छ। जसले धेरै छिट्टो चिसो र तातो बनाउन सक्छ। कम पावरमा समेत चलाउन सकिने उक्त तत्वको प्रयोग कार कुलर तथा वाइन कुलरमा समेत प्रयोग गर्ने गरिन्छ। यो स्मार्ट एसीमा लिथियम आयोन ब्याट्री जडान गरिएको छ। जसलाइ २ घण्टा चार्ज गरेपछि दिनभरी चलाउन सकिन्छ। यो एयर कन्डिशनर ‘ब्लूतुथ ५.० एलइ कनेक्टेड’ फोनमा समेत सपोर्ट गर्छ।यो उत्पादन जापानले तत्काल आफ्नो देशका लागि मात्रै बनाएको र माग आएमा अरुको देशका लागि समेत बनाउने बताएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?