Breaking News

सूचना प्रविधि बिभागको पहलमा आइटी पार्क सञ्चालनमा

Feb Tue 2020 05:40:52

467 views

सूचना प्रविधि बिभागको पहलमा आइटी पार्क सञ्चालनमा

सरकारले यसै वर्ष सचना प्रविधि पार्क व्यवस्थापन तथा सञ्चालन निर्देशिका स्विकृत गरेपछि नेपालको एक मात्र आइटी पार्क सञ्चालनमा आउने भएको छ । काठमाडौं विश्वविद्यालय सहित २ निजी कम्पनीले आइटी पार्कमा गई काम गर्ने प्रतिबद्धता जनाएपछि आइटी विभाग, काठमाडौं विश्वविद्यालय, सफ्टेक फाउन्डेसन नेपाल र क्लाउड हिमालयबीच सूचना प्रविधि पार्कमा सूचना प्रविधिसम्बन्धित विभिन्न क्रियाकलाप गर्ने सम्झौता भएपश्चात अब आइटी पार्क सञ्चालन हुनेमा सूचना प्रविधि क्षेत्रका सरोकारवालाहरु विश्वस्त भएका छन् । सम्झौताअनुसार सफ्टेक फाउन्डेशन प्रालीले व्यवसायिक भवनको एक व्यवसायिक एकाईमा सफ्टेवयरको विकास सम्बन्धी कार्य गर्ने छ। त्यस्तै क्लाउड हिमालयले एक व्यवसायिक एकाइमा डाटा सेन्टर सञ्चालन गर्नेछ र काठमाडौं विश्वविद्यालयले दुई व्यवसायिक एकाइमा सचना प्रविधिमा आधारित नयाँ उद्योगहरुको लागि इनक्युवेशन सेन्टर, फिनिसिङ स्कलसम्बन्धी कार्य गर्नेछ ।park it

सो सम्झौताहरुमा विभागको तर्फबाट महानिर्देशक विरेन्द्रकमार श्रेष्ठ र काठमाडौं विश्वविद्यालय, सफ्टेक फाउन्डेशन, क्लाउड हिमालयको तर्फबाट क्रमशस् रजिष्ट्रार प्रा।डा। भोला थापा, प्रबन्ध निर्देशक अम्बिकाप्रसार लुईंटेल, अध्यक्ष रमेशकुमार श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

उल्लेखित सम्झौताबमोजिम कम्तिमा १३० जना सूचना प्रविधि सम्बन्धित दक्ष जनशक्तिको लागि नयाँ प्रत्यक्ष रोजगारी सिर्जना हुने र वार्षिक रुपमा १० नयाँ सचना प्रविधिमा आधारित कम्पनीहरु स्थापित भई प्रत्येक वर्ष थप ५० ओटा थप नयाँ रोजगारी सिर्जना हुनेछ ।

विभागका निर्देशक मिश्रले चाँडै नै अन्य कम्पनीलाई पार्कमा ल्याई आइटी पार्कलाई पूर्ण रुपमा सञ्चालनमा ल्याइने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?